संविधान सभा सदस्य तामाङको निधन
बिदुर – संविधानसभा सदस्य तथा नेकपा एमालेका संस्थापक नेता तथा छोवाङतेन्जिङ तामाङको निधन भएको छ । उनले निधनले लोकतन्त्र र पार्टीलाई क्षति पुगेको नेकपा एमालेले जनाएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ का तामाङको उच्च रक्तचापसम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा नुवाकोटस्थित एक अस्पतालमा शनिवार उपचारका क्रममा निधन भएको हो ।

प्रजातान्त्र, लोकतन्त्र र विकासको लागि जनताको दुःख र समस्यामा साथ दिँदै आएका तामाङको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा क्षति पुगेको एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्माओलीको भनाई छ । उनले शनिवार शोक सन्देश जारी गर्दै संविधान सभा सदस्य तथा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषदका पूर्व सदस्य छेवाङतेन्जिङ तामाङको असामयिक निधनले आफुलाई स्तब्ध बनाएको उल्लेख छ ।

अध्यक्ष ओलीले छेवाङप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकमा रहनुभएका सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । तामाङको निधनले पार्टीले एक अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको एमाल्े केन्द्रीय सदस्य विन्दा ढुंगानाले जनाइन् । उनले दुःखद घडीमा दिवङ्गत तामाङप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण पार्टी पंक्तिमा गहिरो समवेदना व्यक्त गरेकाी छन् ।












































