बाढी पीडित बिद्यार्थीहरुलाई शैक्षिक सामग्री
बिदुर – बाढीपीडित नुवाकोटको बट्टारस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गगरिएको छ । यसवाट विद्यार्थीहरु अध्यययनप्रति उत्साहित भएका छन् । बिदुर नपा ४ बट्टारमा रहेको अर्किड एकेडमीमा अध्ययनरत बाढीपीडित ५९ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै छात्राहरूका लागि महिनावारी स्वास्थ्य सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको हो ।

दि आर्ट अफ लिभिङ नेपालका प्रवन्ध निर्देशक काब्य लम्साललगायतको समूहले विद्यार्थीहरुलाई झोला, कापी, सिसा कलम, ज्यामिति वक्सलगायतका सामग्रीहरु हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल रामहरि रिमालले जानकारी दिए । उनका अनुसार प्रलयबाट प्रभावित विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा सहयोग पु¥याउँदै छात्राहरूलाई महिनावारी स्वास्थ्य, सरसफाई र आत्मरक्षा सम्बन्धी आवश्यक ज्ञान तथा सचेतना प्रदान गरिएको हो । यसवाट शिक्षा, स्वास्थ्य र मानवीय सेवामार्फत विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्धत गर्ने विद्यालयले जनाएको छ ।












































