बिदुरमा रक्तदान कार्यक्रम
– २१ जनाले गरे रक्तदान
बिदुर – नुवाकोटको बिदुरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गरिएको छ । विभिन्न क्षेत्र तथा समुदायका व्यक्तिहरुले रक्तदान गरेका छन् ।
रास्वपा नुवाकोटको आयोजना र विदुर नगरसमितिको सह–आयोजनामा सम्पन्न कार्यक्रममा २१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।

सबैको सानो योगदानले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ भन्ने उद्धेश्यले बिदुरमा रक्तदान कार्यक्रम गरिएको रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नुवाकोटको प्राबिधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान केवल जीवन बचाउने कार्य मात्र नभएर मानवताको सर्वोच्च उपहार भएकोसमेत सन्देश प्रदान गरिएको सभापति गजुरेलले वताए ।

















































