करेण्ट लागेर किसानको मृत्यु
– शव पोष्टमार्टम गरि आफन्तलाई जिम्मा
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको जलुकिनीमा करेन्ट लागेर एक जना स्थानीय किसानको ज्यान गएको छ । शव अस्पतालमा पोष्टमार्टम गरि परिवारजनको जिम्मा लगाइएको छ । सदरमुकाम बिदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको ककनी गाउंपालिका १ जलुकिनीका किसान ४८ वर्षिय आइतराम बलामी आफ्नो घरबाट कामको लागि खेतबारीमा जाने क्रममा सडकमा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बलामीको घर देखि करिव ५० मिटर पश्चिम सडकमा रहेको बिजुलीको बर्षातको कारण पोल ढलेर करेन्ट लागि घटना स्थलमै नै मृत्यु भएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार बलामीको शव अस्पतालमा पोष्टमार्टम गरि परिवारजनको जिम्मा लगाइएको छ । वर्षात्को समयमा सचेत भएर आवतजावत गर्न आमसर्वसाधारणलाई सम्वन्धित निकायले अनुरोध गरेको छ ।










































