दुव्र्यसन नियन्त्रणमा सामूहिक सहकार्यमा जोड
बिदुर – लागूऔषध दुव्र्यसन नियन्त्रणमा नुवाकोटका सरोकारवाला निकायले प्रतिवद्धता जनाएका छन् । सचेतनामुलक कार्यक्रममा जोड दिदै लागू औषध दुव्र्यसनलाई नियन्त्रण गरिनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले विदुरमा आयोजित लागूऔषध दुव्र्यसनबारे सरोकारवालाहरूबीच अन्र्तक्रियामा उक्त प्रतिवद्धता जनाइएको हो ।

कार्यक्रममा सहभागी राजनीतिक दल, सुरक्षा निकाय, युवा, विद्यार्थी तथा स्वास्थ्यकर्मीलगायतले लागू औषधका समस्या वढ्दो रहेको र यसको नियन्त्रणमासवै पक्षको सामूहिक सहकार्यको आवस्यकता रहेकोमा जोड दिएको छ । युवा तथा समुदायको सुरक्षाका लागि सम्पुर्ण स्थानमा लागू औषध नियन्त्रण अभियान सन्चालन गरिनुपर्नेमा जोड दिइएको छ । बिद्यालय तथा समुदायस्तरवाटै सचेतना प्रदान गरिनुपर्नेमा जोड दिइएको छ ।














































