दुर्घटनामा दुई महिलाको मृत्यु
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको थानाभञ्ज्याङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना यात्रु गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका दुई जना महिलाहरु हुन् । तीन महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटवाट काठमाडौं प्रवेशका लागि छटोटो दुरीको माछापोखरी–टोखा–छहरे–त्रिशूली सडकमार्गको वीचमा रहेको शिवपुरी गाउंपालिका ७ थानाभन्ज्याङमा शनिवार काठमाडौबाट दुप्चेश्वर धामतर्फ जादै गरेको बाप्र०८–००१ख००५२ नम्वरको बस र बाप्र ०३ – ००१ ज ११७६ न.को खाली ईभी गाडीलाई ठक्कर दिदाँ ईभि गाडी र बस एकैसाथ दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक विनोद ढकालले जानकारी दिए । उनका अनुसार सडक छेउमा रोकी चालक र यात्रुहरु खाजा खान गएकोमा बस आफै अचानक गुडेर सोही बस अगाडी रोकी राखेको विद्युतीय गाडीमा ठोक्किदा दुवै गाडीहरु सडकमार्गदेखि करिव ३५ मिटर तल भीरमा खस्दा बसमा सवार यात्रुहरु मध्ये दुई महिलाको मृत्यु भएको हो ।

घाइतेहरलाई उद्धार गरि उपचारको लागी काठमाडौ पठाइएकोमा उपचारका क्रममा .काभ्रेको बनेपा नगरपालिका ८ की ५४ वर्षिया कृष्णमाया प्रजापतीडंगोल र रामेछाको ठाडादेवी गाउंपालिका २ की ६५ वर्षिया उदयमाया खत्रीको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक बिनोद ढकालले वताए । उनका अनुसार बसमा सवार यात्रुहरुमध्ये सर्लाहीको लालबन्दी नपा ९ घर भई हाल काठमाडौ काँडाघाँरी बस्ने.२५ वर्षिया सुजता पोखरेल, काभ्रेकोे बनेपा नपा १० बस्ने ४२ वर्षिया शर्मिला श्रेष्ठ र .दोलखाको मेलुङ गापा ६ घर भई हाल काठमाडौ काँडाघाँरी बस्ने ६० वर्षिया ज्ञानु श्रेष्ठ घाइते भएकोमा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले बसका चालक काभ्रेको पाँचखाल नपा ७ घर भएका ४५ वर्षिय सीताराम आचार्यलाई नियन्त्रणमा लिएको छ । दुर्घटनालगत्तै स्थानीयवासी, सुरक्षाकर्मीहरुले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएका हुन् । बस खाजा खानका लागि सडक किनारमा रोकिएको अवस्थामा आफैं गुडेर नजिकै अगाडि रहेको ईभी गाडीमा ठोक्किएको बताइएको छ । वर्षात्को समयमा सावधानीपुर्वक सवारी चलाउन जिल्ला प्रहरी कार्यालय नुवाकोटले आग्रह गरेको छ ।















































