कारागारवाट फरार युवक पक्राउ
बिदुर – बहुबिवाहको मुद्धामा अदालतवाट दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका बेला फरार भएका एक युवकलाई प्रहरीले रसुवा पक्राउ गरेको छ । उनलाई कैद भुक्तानका लागि कारगारमा पेस गरिएको छ ।

नुवाकोटको छिमेकी रसुवाको आमाछोदिङ्मो गाउँपालिका १ घर भएका २८ वर्षीय बुद्धिराज तामाङ बहुविवाह मुद्दामा काठमाडौँको जगन्नाथदेवल (सुन्धारा) स्थित कारागारबाट गत वर्ष जेनजी आनदोलनमा फरार रहेको प्रहरीले रसुवाको टिमुरेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । उनलाई कारगार कार्यालय धुन्चे वुझाइएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जाकनारी दिए ।

उनका अनुसार जिल्ला अदालत काठमाडौँको आदेशले बहुविवाह सम्बन्धि मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका तामाङ जगन्नाथदेवल कारागारमा रहेका वेला गत भदौमा भएको जेनजी आन्दोलन’ को क्रममा कारागारबाट भागेका थिए । खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट खटिएको प्रहरी टोलीले गोसाईकुण्ड गापा २ टिमुरे बजारमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई कारगार पठाइएको रसुुवा प्रहरीले जनाएको छ ।











































