बाढी पीडितलाई अस्थायी आवास निर्माण
बिदुर – ल्हेन्देखोलावाट रसुवागढीमा हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा घरहरु ध्वस्त पारेपछि पीडितहरुका लागि अस्थायी आवास निर्माण गरिएको छ । यसवाट पीडितहरुलाई राहत मिलेको छ । वेलकोटगढी नगरपालिकाको महादेवफांटमा बाढी पीडितहरुका लागि अस्थायी आवास निर्माण गरि हस्तान्तरण गरिएको हो । उक्त आवास पुर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी पीडितहरुलाई हस्तान्तरण गरे ।

वाइसएिल नेपालको संयोजनमा नुवाकोटको बेलकोटगढी ७ मा बाढी प्रभावितहरुका लागि अस्थाय िआवास निर्माण गरिएको हो । नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिकामा पीडितहरुलाई अस्थायी आवास निर्माण सम्पन्न भएको छ । बेलकोटगढी नपा ७ र ८ तथा बिदुर नपा ५ मा २० वटा अस्थायी घर निर्माण सम्पन्न गरिएको छ । उक्त अस्थायी आवासको मंगलवार प्रचण्डले हस्तान्तरण गरेका हुन् ।

अस्थायी आवास निर्माणसंगै उद्धार, राहत र पुनस्र्थापनामा जुटिएको वाइसिएल नेपाल नुवाकोटका अध्यक्ष जलन गजुरेलले जानकारी दिए । उनका अनुसार वाइसिएल नेपालले अन्य स्थानमासमेत अस्थायी आवास निर्माणको काम भइरहेकोे छ । नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण, क्षतिग्रस्त संरचना/भग्नावशेष पनछाउने, धनसामान उद्धार गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने काम गर्दै आएको वाइसिएल नेपाल नुवाकोटले जनाएको छ ।

चीनको भोटेकोसी नदी हुँदै रसुवागढी नाकाबाट अकल्पनीय रुपमा आएको बाढीले गरेको क्षतिको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीग्रस्त नुवाकोटका विभिन्न स्थानको मंगलवार निरीक्षण तथा अवलोकनसमेत गरेका छन् । गत भदौ १० गते वुधवार विहान १० वजे त्रिशूली नदीमा आएको विनासकारी बाढीले नुवाकोटको चार स्थानीय तहमा प्रभावित गरेको छ । बाढीले बिदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र म्यागङ गापाका मानवयि तथा भौतिक क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

ति स्थानीय तहहरुमा बाढीले दुईहजार आठसय ३१ घर क्षति भएको प्रशासकिय अधकिृत रुपेशप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार जसमध्ये एकहजार आठसय ६० घर पूर्ण र एकसय सात घर आंशिक क्षति भएका छन् । बाढीले घरवार विहीन भएकाहरुले सरकारले छिटो पुर्नस्थापना गरिदिनु पर्ने अध्यक्ष प्रचण्डले वताए । उनले सरकारले प्रभावकारी रूपमा अव पुनर्निर्माणसँगै पीडितहरूको पुनस्र्थापना गर्नुपर्ने बताए ।

प्रचण्डले बाढी पीडितहरुलाई ढिलो नगरी सुरक्षित स्थानमा पुर्नस्थापना गर्न माग गरेका छन् । तीनै तहको सरकारले विपत्तिको सामना गर्न विविध कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिदै पीडितहरूको स्वास्थ्य सुरक्षा र पुनस्र्थापनामा उनले जोड दिएका छन् । बाढीले क्षति गरेका नुवाकोटको विभिन्न सम्पदा, पहिचान तथा धार्मिक एवं पर्यटकीय स्थलहरूको पुनर्निर्माण पनि जरुरी रहेको उनले बताए । अव सरकारले पुर्नस्थापनाको मुल मुद्धा उठाउनु पर्ने उनले सुुझाव दिए ।

विनाशकारी बाढीले नुवाकोट, रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँका विभिन्न स्थानमा हजारौं घर, सयौं पुल, जलविद्युत, सडक, विद्यालयलगायतका विभिन्न संरचना बगाएर ध्वस्त पारेको थियो । बाढीले हजारौँ व्यक्ति हराइरहेका छन् भने लाखौँ व्यक्ति घरबारविहीन भएका छन् । नेकपाका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्ना कार्यकर्ताको दलबलसहित पुगेर बाढीग्रस्त नुवाकोटको महादेवफांट, देवीघाट, ढुङ्गे र त्रिशूली बजार तथा भग्नावशेस भएको स्थानको स्थलगत निरीक्षण तथा अवलोकन गरेका हुन् । प्रचण्डले बाढीपीडितहरूसँग भेट गरी उनीहरूका गुनासोसमेत सुनेका थिए ।

प्रचण्डले बाढीले बगाएको देवीघाट र वेत्रावतिमा निर्माण गरिएको बेलीब्रिजको समेत निरीक्षण तथा अवलोकन गरे । पूर्वप्रधानमन्त्री प्रचण्डले बाढीले नुवाकोटको विदुर, बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बाढीले पारेको प्रभावसम्बन्धी जानकारीसमेत लिएका हुन् । वाइसीएल नेपालले बाढी पीडितहरुका लागि एकसय ५० वटा घर निर्माण गर्ने लक्ष्य लिएकोमा हालसम्म बेलकोटगढी नपा ७ र ८ महादेबफाट, ठुलोखोला, लामसोती, चनौटे नेपालटार र बिदुर नपा ५ देबीघाटमा गरि जम्मा २० वटा घरहरु निर्माण गरेको वाइसीएल नेपाल नुवाकोटका अध्यक्ष जलन गजुरेलले जानकारी दिए । वडादशै लगत्तै तारकेश्वर गाउपालिका र ३ र ४ र बिदुर नपाका प्रभाबित थप स्थानहरुमा पुनर्वासको अभियान संचालन गर्ने बताए ।
































































