खराब बानी हटाउने, राम्रो बानी बसाल्ने

लोकखबर
२७ मंसिर २०७६, शुक्रबार २१:०८

बानी भन्नाले दाँत सफा गर्ने, कफि खाने र मोटरसाइकल चढ्ने भन्न खोजेको चैं पक्कै होइन !

मानिसमा भएका खराब बानी हटाउन के गर्नु पर्ला ? शुरुमा त स्वयं आफू नै आफैंमा सुधार ल्याउनु पर्ला । असल कार्यले मानिसका सचेत भावना र विचारमा सकारात्मक परिवर्तन ल्याउँछ ।

मानिसको सरसंगत अनुसार उसको व्यवहारमा फरक हुने तर्क युक्तिसंगत हुन्छ ।

मानिसले आफ्नो व्यवहारमा आफैं परिवर्तन ल्याउन सक्छ । मानिसमा आफैं व्यवहारमा चल्न सक्ने बौद्विकताको विकास हुन जरुरी देखिन्छ ।

कोठामा मानिसको कस्तो बानी हुन्छ ?
मानिसले तयारी खाना स्वस्थ रहन कम खाने गर्नुपर्छ । सधैं अल्छी बस्नु भन्दा दैनिक व्यायम स्वास्थ्यको लागि फाइदाजनक हुने गर्छ । मानिसको व्यत्तित्व उ आफैं सुधार गर्न सक्छ । तौल घटाउनु, स्वस्थ खाना खानु, पैसाको खर्च उपयोगी हुनु, मानिस विवेकशील हुनु र राम्ररी निन्द्रा पु¥याउनु मानिसको असल बानिहरु हुन् । कोठा मै उसले आफ्नो बानीमा परिवर्तन ल्याउन सक्छ ।
मानिसको बानिमा सुधार कसरी ल्याउने ?
मानिसले आफुले गर्ने हरेक कार्यमा परिवर्तन ल्याउन जरुरी छ । जसो कि मानिसले धुम्रपान फालेर चुइगम चपाउन सक्छ ।

मानिस मोटरसाईकल कुदाउन नजाने पनि चाँडो चलाउँछ । मोटरसाईकल राम्ररी नसिकी यस्तो काम गर्नु खराब बानी हो ।

मानिसले रोजाई अनुसारको स्वस्थकर खानेकुरा खान पाउनुपर्छ । मानिसको चाहना बेगर कोही तपाईँका लागि उल्टो कुरा गर्दैछ भने आफू त्यसबाट भाग्न उत्तम हुनेगर्छ ।

जुवा तास खेल्नु, धुम्रपान गर्नु र सुत्ने ओछ्यानमा पिसाब गर्नु नराम्रो बानी हुन् । कतिपय मानिसमा यस्तो बानीको नसा परेको पनि देखापर्छ । मानिसको यस्ता कुराको लगाब छुटाउनै मुस्किल पर्ने गर्छ । समय, शक्तिको नास ।

मानिसले कहिले काहीँ डुनट खान्छ । चिया खान्छ । कफि खान्छ । अनि सुत्ने प्रयासमा लाग्छ । तर खराब आचरणबाट उसले छुट्कारा पाउँदैन।

एक अध्ययनले मानिसको क्रियाकलाप सम्बन्धि खोज तयार पारेको छ । मानिस २० दिन सम्म लगातार पानी पिउने बानी बसालेमा ६० दिन पछि खाजा सँगै उ फलफुल खान थाल्ने बताएको छ । त्यससँगै केही समयपछि उसको बानिमा पनि परिवर्तन आउने बताएको छ ।

मानिसमा रहेको उत्तरदायित्व बानी परिवर्तनको मुख्य आधार हो । सामाजिक सञ्जाल, साथि भाई र परिवारका सदस्यले पनि मानिसको आचरण परिवर्तन गराउन महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् ।

मानिसले तयारी खाना कम खाने गर्नुपर्छ । मानिस बस्ने वातावरण सफा हुनु पर्छ । मानिसमा अध्यनशिलता हुनु पर्छ । आचरण सुधार गर्न मनोविज्ञान पढ्नै पर्ने विषय हो ।

मानिसको सकारात्मक व्यवहारले मानिसलाई सधैं खुसी राख्छ र खराब बानीबाट टाढा पनि राख्छ । सीएनएनबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*