विद्यार्थीलाई साइवर अपराध विरुद्ध सचेतना

लोकखबर
२०८२ जेष्ठ २१, बुधबार २०:३१

विदुर–नुवाकोटको तादी गाउँपालिकाको विभिन्न विद्यालयमा अधययनरत विद्यार्थीहरुका लागि साइबर अपराध सचेतना कार्यक्रम सन्चालन गरेको छ । यसवाट विद्यालयमै जानकारी लिन पाउंदा विद्यार्थीहरु निकै उत्साहित भएका छन् ।

“सावधानी अपनाऔं, साइबर अपराधबाट बचौं” भन्ने मूल नारासहित साइबर अपराध सम्बन्धि विद्यालय सचेतना कार्यक्रम विभिन्न विद्यालयमा सम्पन्न गरेको छ । तीन वटा विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई साइवर अपराध सम्वन्धि सचेतना प्रदान गरिएको छ ।
तादी गापा २ रालुकास्थित रालुका माविमा प्रधानाध्यापक भोजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष वच्चुराम तामाङ, इलाका प्रहरी कार्यालय खरानीटारकी प्रहरी निरीक्षक जयन्ती थापा, प्रशिक्षक तादी गापाका सूचना प्रविधि अधिकृत पुरुषोतम वाग्ले, रोजगार सहायक प्रभुकिरण ओझालगायतले साइबर अपराध सम्बन्धि सचेतना प्रदान गरेका थिए ।
सचेतना कार्यक्रममा साइबर अपराध, यसबाट कसरी जोगिने, र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे कक्षा १० का विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । यसवाट विद्यार्थीहरुले साइवर सचेतना र यसको प्रभावका वारेमा जानकारी लिएका छन् ।


सर्वाधिक रुचाइएको