८९ प्रतिशत खेतमा गरियो धान रोपाई

– टारी खेतहरुमा रोप्न वांकी
लोकखबर
२०८२ श्रावण ११, आईतवार २२:१४

बिदुर–समयमै मनसुन भएका कारण यस वर्ष नुवाकोटमा धान रोपाई कार्य जारी रहेको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा साउनको तेश्रो सातासम्म धान रोपाई हुने गरेको छ ।
गत वर्ष भन्दा धेरै क्षेत्रफलमा वर्खे धान रोपिएको छ । आकाशे पानीको भर पर्नु पर्ने स्थानमा भने धान रोप्न वांकी रहेको छ ।

पहाडि संरचना रहेको नुवाकोटमा साउनको दोेश्रो साता अर्थात् आइतवारसम्म कुल ८९ प्रतिशत खेतमा धान रोपाई गरिएको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । कार्यालय प्रमुख केशव खनालका अनुसार नुवाकोटमा कुल १४ हजार २ सय ८३ हेक्टर जमिनमा वर्खे धानको खेति हुने गरेकोमा ८९ प्रतिशत खेतमा धान रोपिएको छ ।

नुवाकोटमा धान खेतिका लागि वर्षात् भइरहेकाले टारी खेतमा मात्र धान खेति तगर्न वांकी रहेको खनालको भनाई छ । गत वर्ष ९६ प्रतिशत खेतमा धान रोपिएको थियो ।
हालमा ११ हजार सात सय ४८ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको कार्यालयका सूचना अधिकारी तथा वाली संरक्षण अधिकृत प्रवेश आचार्यले जानकारी दिए । सिंचाई तथा पानीको उपलव्धता भएका खेतहरुमा धान रोपिइसकिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नुवाकोटमा करिव रोपाई अन्तिम चरणमा पुगेकोे र आकासे पानीको भर हुने केही टारीे खेतहरुमा रोपाई गर्न बाँकी रहेको छ । यसवर्ष समयमै मनसुन भएको र यसको अवधि लामो रहेका कारण धान खेति गर्ने किसानहरुलाई समस्या नपरेको कृषि विकास कार्यालयका प्रमुख केशव खनालको भनाई छ ।

धानको लागि आवस्यक पानी वर्षात मार्फत प्रयाप्त भएको र उपकरणको पनि अभाव नभएको कारण यस अवर्षको वर्षे धानको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । सर्वसाधारण गाउंघरमै रहेका कारण खेतिपातीमा गत वर्षको भन्दा यस वर्ष वढोत्तरी भएको छ ।
हाल खेतमा रोपिएका धान मौलाउने समय भएकोले विभिन्न किसिमका रोग किराले समस्या हुने गरेकोले कृषकहरुलाई सचेत हुन कार्यालयले आग्रह गरेको छ । विशेष गरी नुवाकोटको म्यागङ गाउँपालिका र किस्पाङ गाउँपालिकाको माथिल्लो भेगहरुमा स्थानीय जातको धान खेती गरिने भए पनि अन्य स्थानमा बढी मात्रामा हाइब्रिड तथा उन्नत जातको धान खेती गर्ने गरिएको छ ।

किसानहरुले परम्परागतको तुलनामा हाइव्रिड जातको धान धेरै रोप्ने गरेका छन् । ६० प्रतिशत हाइव्रिडको धान रोपिएको कार्यालयले जनाएको छ ।
किसानहरुले खुमलका विभिन्न सिरिजका साथै सावित्री, राम धान जातका धानसमेत रोपेका छन् । धानबालीको लागि आवश्यक पानी यस वर्ष समयमै वर्षात भएकाले जिल्लाको अधिकांश जमीनमा धान रोपाई सकिएको कृषि विकास कार्यालयका सूचना अधिकारी तथा वाली संरक्षण अधिकृत प्रवेश आचार्यले जानकारी दिए ।

अधिकृत आचार्यका अनुसार समयमै वर्षात् भएकाले यस वर्ष धान उत्पादनसमेत वृद्धि हुने अपेक्षा कार्यालयले गरेको छ । धान मौलाउने समय भएकोले विभिन्न किसिमका रोग किराले समस्या हुने गरेकोले कृषकहरुलाई सचेत हुनसमेत कृषि विकास कार्यालयले किसानहरुमा आग्रह गरेको छ ।
नुवाकोटमा गत वर्षको तुलनामा यस वर्ष धेरै क्षेत्रफलमा धान रोपाई सकिएको कार्यालयले जनाएको छ । किसानहरुले नुवाकोटमा भात खानका लागि हाइव्रिड तथा चिउराका लागि टाइचिन जातको धान खेति गर्ने गरेका छन् ।


सर्वाधिक रुचाइएको