यात्रुवस दुर्घटनामा नावालिकासहित २१ जना घाइते

– चार जनाको अवस्था गम्भीर, त्रिशूलीमा उपचार जारी 
लोकखवर विशेष संवाददाता
२०८२ श्रावण २९, बिहीबार १६:०८

बिदुर–पासाङल्हामु मार्गको लहरेपौवामा विहीवार यात्रुवस दुर्घटनामा परेको छ । दुर्घटनामा एक नावालिकासहित २१ जना घाइते भएका छन् ।
रसुवाको आमाछोदिङमो गाउंपालिकाको गत्लाङवाट धुन्चे, कालिकास्थान हुदै काठमाडौं जाने क्रममा रहेको एक यात्रुवाहक वस पासाङल्हामु मार्गको विदुर–वेत्रावति–कालिकास्थान सडकखण्डको वीचमा रहेको लहरेपौवामा दुर्घटनामा परेर यात्रुहरु घाइते भएको प्रहरी निरीक्षक पन्नालालप्रसाद  यादवले जानकारी दिए ।  दिउंसो भएको दुर्घटनामा पानी परिरहेका कारण घाइतेहरुको उद्धारका तथा यात्रुहरुको सामान संकलनका लागि दुई घण्टा समय लागेको थियो ।
वस दुर्घटनामा तीन महिनाकी एक नावालिकासहित २१ जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले जानकारी दिए । उनका अनुुसार घाइतेमध्ये चार जना गम्भीर रहेका छन् ।
गत्लाङदेखि काठमाडौं जादै गरेको वा४ख ८४३५ नम्वरको यात्रुबस उक्त सडकमाार्गको वीचमा रहेको उत्तरगया गाउँपालिका  ५ लहरेपौवामा सडकदेखि दुईसय मिटर तल खसेर दुर्घटनामा परेको हो ।  दुर्घटनामा घाइते भएकाहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको  छ ।
दुर्घटनास्थल नुवाकोट र रसुवाको सिमाना वेत्रावतिवाट चार किलोमिटर दुरी उत्तरमा रहेको छ । भिरालो वाटोमा दुर्घटनामा परेको उक्त वस सडकमार्गदेखि दुई सय मिटर तल अर्को सडकमुनी रहेको घरमा गएर वज्रिएको स्थानीयवासी दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुर्घटनापछि स्थानीयवासी, सुरक्षाकर्मीले घाइतेको उद्धार गरि त्रिशूली अस्पताल पठाएका हुन् । घाइतेको उद्धारका लागि नुवाकोटवाट एम्वुलेन्स तथा सुरक्षाकर्मी टोली पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले वताए ।
वस दुर्घटना भएपछि नुवाकोटवाट एम्वुलेन्ससहितका सुरक्षाकर्मी पुगेपछि घाइतेहरुको उद्धारमा छिटो र सरलता पुगेको थियो । विपरित दिशावाट आइरहेको अर्को गाडीलाई साइड दिने क्रममा सडक भासिएर दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शीहरुले वताए ।


सर्वाधिक रुचाइएको