संविधानले नै नचिनेको सरकारले चुनाव गराउनेमा शंकाः ज्ञवाली

– ‘संविधान संरक्षणमा सवै एकजुट हुनुपर्नेमा जोड’
लोकखबर
२०८२ आश्विन ३, शुक्रबार २०:१८

बिदुर-  नेपालको संविधानले नै नचिनेको सरकारले चुनाव गराउनेमा शंका उत्पन्न भएको एक जना पुर्व परराष्ट्रमन्त्रिले वताएका छन् । एमालेका उपमहासचिवसमेत रहेका पुर्व परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीले यहि अवस्थामा देशमा चुनाव हुनेमा शंका उत्पन्न भएको वताएका छन् ।
नुवाकोटको विदुरमा एमाले जिल्ला कमिटिको सातौं पुर्ण वैठकको उद्घाटन गर्दै पुर्वमन्त्रि तथा एमाले नेता ज्ञवालीले वर्तमान सरकारले दलहरुप्रतिको वास्तविक धारणा सवैभन्दा पहिले सार्वजनिक गर्नु पर्ने वताए । उनले अगाडि भने– चुनाव कस्तो र कसरी गर्ने पहिले सार्वजनिक गर्नुपर्दछ ।

ज्ञवालीले वर्तमान संंविधान वचाउने दायित्व एमालेलगायत सवै दलहरुको उत्तिकै रहेको अवस्थामा संविधान वचाउन नै संघर्ष गर्नु पर्नु पर्ने अवस्था सिर्जना भएको खुलासा गरे । वर्तमान अन्तरिम सरकारलाई गैरसंवैधानिक भन्दै ज्ञवालीले भने,–‘यो सरकारलाई हाम्रो संविधानले चिन्दैन, चुनाव कसरी गर्ने? दलहरुप्रति यो सरकारको धारणा के र कस्तो हो? सवैभन्दा पहिले त्यो विषय यो सरकारले सार्वजनिक गर्नुप¥यो ।’
अहिलेको संविधान संकटमा रहेको भन्दै उनले संविधानले नचिनेको सरकारले चुनाव गराउने भन्नुमा मुख्य शंका रहेको बताए । उनले भने, ‘संविधान जोगाउन चुनाव गर्नुपर्ने हुन्छ नै, सरकारको स्पष्ट धारणा आउनु प¥यो, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, संविधानको अपहरण गरेर हुदैन ।’

वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते गर्ने तय भएको प्रतिनिधि सभा निर्वाचनका सम्वन्धमा सरकारको दलहरुप्रतिको धारणा सार्वजनिक गर्न ज्ञवालीले माग गरेका छन् । उनले यहि अवस्थामा चुनाव हुनेमा शंका व्यक्त गरेका छन् ।
उनले अगाडि भने, ‘कस्तो र कसरी चुनाव गर्ने भन्ने सार्वजनिक गर्नुपर्दछ, हामीलाई संशय छ । सैनिक मुख्यालय नजिकैको सर्वोच्च अदालत जल्दा, सिंहदरबार जल्दा, सेनाको परमाधिपति राष्ट्रपतिको कार्यालय जल्दा सुरक्षा गर्न नसक्ने सुरक्षाकर्मीवाट चुनाव स्वतन्त्र र निष्पक्ष रुपमा हुन्छ भन्ने संशय पैदा गरेको देखिन्छ ।’

उनले जनतावाट आएका जनप्रतिनिधिले १० वर्ष अगाडि वनाएको वर्तमान संविधान निकै उत्कृष्ट रहेको वताए । उनले केहि असहज अवस्था आयो भन्दैमा संविधानलाई मृत शैह्यामा पु¥याउन खोज्नु अधिनायकवाद भएको वताए ।
उनले एमालेमा नेतृत्वका लागि अहिले नै वहस गर्ने समय नआएको वताए । यद्यपि, एमालेमा युवालगायत जुनसुकै पुस्ता पनि पार्टीमा योगदान दिएकाहरु नै रहेको वताए ।

युवा, विद्यार्थी किसान, महिला, मजदुर, श्रमिक सवैको भावना समेटेर अगाडि वढ्नु पर्ने अवको कार्य रहेको नेता ज्ञवालीले वताए । उनले देश विकास र परिवर्तनका लागि नयां पुस्ता पनि सक्षम छन् भन्ने एमाले सचेत रहेको पनि वताए ।
ज्ञवालीले जेनजी पुस्तामा आवद्ध युवाका समूहले गरेको शान्तिपूर्ण आन्दोलनलाई हाइज्याक गरिएकोसमेत दावी गरे । उनले नियोजित रुपमा भदौ २४ गतेको भयावह घटना गराइएको यसवाट पुष्टि भएको आरोप लगाए ।

उक्त घटनालाई निकै गम्भीर र आपराधिक कार्य भन्दै ज्ञवालीले छानविन हुनुपर्ने वताए । छानविन गरेर आक्रमण, तोडफोड र आगजनीमा संलग्नलाई कारवाही गरिनु पर्ने नेता ज्ञवालीको भनाई छ ।
अन्तरिम सरकारको दलहरुप्रतिको धारणा स्पष्ट हुनुपर्नेमा जोड दिदै ज्ञवालीले भने, ‘दलहरूलाई निषेध गरेर चुनाव गर्ने योजना हो? वा, दलहरूको साथ लिएर चुनाव गर्ने हो ? यो क्लियर गर्न म माग गर्दछु ।’ उनले यो सरकार निर्दलीय ढंगले अघि बढ्न त खोज्दै छैन भन्दै शंका व्यक्त गरे ।

कार्यक्रममा पुर्व परराष्ट्रमन्त्री तथा एमाले नेता महेन्द्रबहादुर पाण्डे, केन्द्रीय सदस्य केशवराज पाण्डे, विन्दा ढुंगाना, जिल्ला अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनाली, पुर्व जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा, वागमति प्रदेश कमिटिका सचिवालय सदस्य बलराम आचार्यलगायले संविधानको रक्षार्थ सद्भावपुर्ण रुपमा अगाडि वढ्नुको विकल्प नरेहको वताए । यसैवीच, पुर्व परराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलगायतले गत भदौ २४ गते आक्रमण, तोडफोड र आगजनीले ध्वस्त विदुरस्थित एमाले जिल्ला कार्यालय, कांग्रेस जिल्ला कार्यालयको स्थलगत निरीक्षण, अवलोकन गर्दै आक्रमणमा संलग्नलाई पक्राउ गरि कारवाही गरिनु पर्ने माग गरे ।



सर्वाधिक रुचाइएको