तीनसय वढि विद्यार्थीलाई सामग्री हस्तान्तरण

बिदुर– एकै पटक नुवाकोटको आठ विद्यालयका विद्यार्थीहरुलाई विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको छ । यसवाट विद्यार्थीहरु लाभान्वित भएका छन् ।
एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत पन्चकन्या गाउँपालिकाको आठ वटा विद्यालयमा अध्ययनरत तीनसय एक जना विद्यार्थीहरुलाई एकैपटक विभिन्न सामग्रीहरु प्रदान गरिएको हो । नवसन्जिबनी माबि., इन्द्रायनी माबि, आपचौर आबि, शान्ति बिद्या आबि, राष्ट्रिय मावि, कालिका माबी, गम्बोडाँडा आबि र सुन्दरकन्या आबिमा अध्ययनरतमध्ये छनौट भएका ति बालबालिकाहरुलाई शैक्षिक सामग्री अन्तर्गत स्वेटर, स्पोट्र्स जुत्ता, मोजा, रेनकोट, ट्रयाकसुुट वितरण गरिएको हो ।
ति विद्यार्थीहरुलाई एकैपटक गुड नेवर्स इन्टरनेसनलको आर्थिक सहयोगमा सन्चालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत रुडेक नेपालको सहजिकरणमा ति सामग्रीहरु हस्तान्तरण गरिएको हो । यसवाट उक्त आठ विद्यालयका विद्यार्थीहरुलाई सहयोग पुगेको सहजकर्ता तथा रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।