बिदुरमा मकैबाली प्रवद्र्धन कार्यक्रम
बिदुर– नुवाकोटको बिदुर नगरपालिकामा मकैबाली प्रवद्र्धन कार्यक्रम सन्चालन गरिएको छ । कार्यक्रमअन्र्तगत किसानहरुलाई आधुनिक औजार तथा उपकरण हस्तान्तरण गरिएको छ । चालु आर्थिक बर्ष २०८२/०८३ को बार्षिक स्विकृत कार्यक्रम अन्र्तगत ’मध्य पहाडी मकैबाली प्रवद्र्धन’ अन्र्तगत छनौटमा परेका कृषि सहकारी सस्थाका सदस्यहरुलाई विभिन्न आधुनिक कृषि यन्त्र–उपकरण उपलब्ध गराइएको हो ।

सहकारीमा आवद्ध किसान सदस्यहरुलाई मकै छोडाउने मेसिन १९ थान, मकै रोप्ने मेसिन (गुडाउने) ३ थान, विद्युतीय स्प्रेयर पम्प १७ थान, डिजिटल तौल लिने कांटा एक थान प्रदान गरिएको हो । किसानहरुलाई मेयर राजन श्रेष्ठले ति उपकरणहरु हस्तान्तरण गरे । उनले कृषि नेपालको महत्वपुर्ण पेशा भएका कारण यसमा आवद्ध किसानहरुको सुविधाका लागि उक्त उपकरणहरु प्रदान गरिएको वताए ।

उनले यसवाट किसानहरुको लागत तथा श्रमको वचत हुनुका साथै उत्पादनसमेत वढ्ने अपेक्षा गरिएको छ । उक्त कार्यक्रम अन्र्तगत यसअघि मकैको बिउ वितरण गरिएको थियो । आगामी दिनमा सिचाई पाईप, विषादी वितरण, सिचाई कुलो मर्मत/निर्माणलगायतका कृषिजन्य गतिविधि संचालन गरिने उपमेयर प्रभा वोगटीको भनाई छ ।

छनोटमा परेका विभिन्न तीन वटा सहकारी संस्था मार्फत संचालन भइरहेको सो कार्यक्रमको लागी सरकारी निकाय र किसान उपभोक्ताको समान ५० प्रतिशत साझेदारी रहेको छ । यसवाट सहकारी सदस्य किसानहरु खुसी भएका छन् । अहिले नुवाकोटमा किसानहरु मकै रोप्ने कार्यमा व्यस्त रहेका छन् ।






















































