बेलकोटमा तरकारी पकेट कार्यक्रम

– किसानहरुलाई अनुदानमा कृषि उपकरण प्रदान
लोकखबर
२०८३ जेष्ठ १२, मंगलवार २३:४७

बिदुर – किसानहरुलाई आधुनिक तरकारी खेतिप्रति जागरुक गराउने उद्धेश्यले नुवाको्टको वेलकोटमा तरकारी पकेट कार्यक्रम सन्चालन गरिएको छ । किसानहरुलाई अनुदानमा कृषि उपकरणसमेत प्रदान गरिएको छ । बेलकोटगढी नगरपालिका ११ बेलकोटका किसानलाई तालिमसहित कृषि सामग्री वितरण गरिएको हो ।

३५ जना किसानहरुलाई सात प्रकारका कृषि सामग्रीहरु हस्तान्तरण गरिएको हो । बेलकोटगढी नपा र संघीय सरकारको संयुक्त तरकारी पकेट कार्यक्रम अन्तर्गत कृषकहरुलाई अनुदानमा पाइप, पानी ट्यांकी, प्लाष्टिक टनेल, तरकारीको विउलगायतका सात प्रकारका सामग्री ५० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको हो । पन्चकन्या सामुदायिक सहकारी संस्थामा आयोजित तालिम समापनसंगै किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गरिएको हो ।

स्थानीय स्तरमै कृषि उत्पादन वृद्धि गर्दै कृषकहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षासहित किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गर्दै उपमेयर शिवप्रसाद दाहालले कृषकहरूलाई उत्पादन, स्वरोजगार र आत्मनिर्भर हुन आग्रह गरे । उनले स्थानीय कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने कार्यक्रमा यस प्रकारका कार्यक्रमहरू महत्वपूर्ण रहेकोसमेत वताए । उनले सहभागी कृषकहरूलाई तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै आधुनिक कृषि प्रविधि अपनाउन, उत्पादन वृद्धि गर्न र आयआर्जनलाई मजबुत बनाउन विशेष आग्रह गरे ।

दाहालले “कृषि नै समृद्धिको आधार भएको र यसलाई मजबुत बनाउन किसान स्वयं अग्रसर हुनुपर्नेमा जोड दिए । किसानहरुलार्य वितरण गरिएका कृषि सामग्रीहरूको उचित र प्रभावकारी रुपमा उपभोग गर्दै खेतीलाई व्यवसायिक बनाउन र स्थानीय उत्पादनलाई बजारसँग जोड्न आवश्यक रहेको वताए । उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, बेलकोटगढी नपाका आर्थिक विकास शाखाका कृषि प्राविधिक कर्मचारीहरू तथा सहकारीमा आबद्ध कृषकहरूको सहभागिता रहेको थियो ।

 


सर्वाधिक रुचाइएको