आधुनिक व्हिलचेयर र मिनिसाइकल प्रदान

– अशक्तलाई सहायता कार्यक्रम
लोकखबर
२०८३ जेष्ठ १२, मंगलवार २३:५१

बिदुर – नुवाकोटको बिदुर नगरपालिकामा अशक्तलाई सहायता कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत अशक्तहरुलाई आवतवावतका लागि आधुनिक उपकरण प्रदान गरिएको छ । बिदुर नपा ८ का महेन्द्रकुमार रिमालको पक्षघात स्पाइनल भएर हिडडुल गर्नसमेत नसकेकाले उनको दैनिक जीवनलाई सहज बनाउन विदुर नपाले एक थान कम्बोडसहितको आधुनिक ह्वीलचेयर प्रदान गरिएको हो ।

मेयर राजन श्रेष्ठले विदुर ८ का वडासदस्य जयराम खड्कामार्फत अशक्त रिमाललाई उक्त सामग्री उपलब्ध गराउनको लागी प्रदान गरिएको छ । शारिरिक रुपमा पूर्ण अशक्त रिमाललाई उपलब्ध गराइएको उक्त सामग्रीबाट आउजाउ एंव शौचालय गर्नको लागी मद्धत पुग्ने विस्वास गरिएको छ । यसैवीच, बिदुर नपा १ निवासी शारिरिक रुपमा अशक्त लिटेश श्रेष्ठलाई हिडडुल गराउन सहज बनाई स्वास्थ्य उपचारको लागी समेत सहयोग गर्ने उद्देष्यले बिदुर नपाको तर्फबाट एकथान ‘आधुनिक मिनीसाइकल’ प्रदान गरिएको छ ।

मेरुदण्डमा समस्या भएसगैँ आवतजावत तथा हिडडुल गर्न नसक्ने भएपछि उनको अभिभावकबाट माग भए अनुसार मेयर राजन श्रेष्ठले मंगलवार उक्त ‘आधुनिक मिनीसाइकल’ हस्तान्तरण गरेका हुन् । उक्त सामगी्रबाट अशक्त लिटेशलाई हिडडुल सहित थेरापीको लागी समेत सहयोग पुगेको छ ।

स्वास्थ्यमा गम्भीर समस्या भई आउजाउ एंव हिडडुल गर्न नसक्ने व्यक्ति, ज्येष्ठ नागरिक, शारिरिक रुपमा पूर्ण अशक्त भएकालाई आवश्यकता अनुसार बिदुर नपाबाट अशक्तलाई सहायता कार्यक्रम सन्चालन गरिएको मेयर राजन श्रेष्ठले वताए । उनले स्वास्थ्य सहायता सामग्री उपलब्ध गराउदै आएकाले अति आवश्यक भएका महानुभावहरुले यसबाट लाभ लिन अनुरोध गरेका छन् ।


सर्वाधिक रुचाइएको