महिलाहरुलाई सिपमुलक कार्यक्रम

– फेसन डिजाइन र अचार वनाउने सिप
लोकखबर
२०८३ जेष्ठ १४, बिहीबार ००:३०

बिदुर – महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर वनाउने उद्धेश्यले नुवाकोटको बेलकोटगढी नगरपाकलिामा महिलाहरुलाई सिपमुलक कार्यक्रम प्रदान गरिएको छ । फेसन डिजाइन र अचार वनाउने तालिम प्रदान गरिएको छ । बेलकोटगढी नपा ६ मा सन्चालित एक महिने फेसन डिजाइन तथा बुटिक तालिम सम्पन्न भएको हो ।

बेलकोटगढी नपाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त “फेसन डिजाइन तथा बुटिक तालिम“ का सहभागीहरुलाई वेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङले प्रमाणपत्र प्रदान गर्दै समापन गरे । उनले सहभागीहरुलाई सिपलाई प्रवद्र्धन गरेर स्वरोजगार, आत्मनिर्भर र उद्यमी हुन आग्रह गरे । यस तालिमले महिलाहरुलाई आतमनिर्भरताको मार्गमा लगेको मेयर गुरुङले वताए ।

उनले अगाडि भने “युवाहरूलाई कुनै न कुनै व्यवहारिक सीपसँग जोडेर आत्मनिर्भर बनाउनु नै मुख्य लक्ष्य हो । सीप सिकेपछि व्यक्ति रोजगार खोज्ने होइन, रोजगार सिर्जना गर्ने बन्न सक्छ, त्यसैले सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्नु आजको आवश्यकता हो ।” तालिममा बेलकोटगढी नपाका स्थानीय महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो ।

तालिमले फेसन डिजाइन तथा बुटिकसम्बन्धी आधारभूत सीप विकास, महिला तथा युवालाई स्वरोजगार बनाउने, स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने, वैदेशिक रोजगारीमा जानुपरे पनि सीपसहित जान सक्ने वातावरण बनाउने तालिमको उद्देश्य रहेको जनाइएको छ । तालिम समापन कार्यक्रममा बेलकोटगढी नपा ६ की वडाध्यक्ष अम्बिका तामाङ, युवा अगुवा नारायणप्रसाद नेपाल, मालिका माविका प्रअ केशवप्रसाद बास्कोटालगायतले तालिमका सहभागिहरलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरे । यसैवीच, घरेलु आयआर्जनको अवसर सिर्जना गर्ने उद्धेश्यले बेलकोटगढी नपा ९ मा अचार बनाउने तालिम सन्चालन गरिएको छ ।

महिलाहरुको सीप विकासमा जोड दिदै सन्चालित तालिमको वेलकोटगढीका उपमेयर शिवप्रसाद दाहालले उद्घाटन गरे । स्थानीय महिलाहरूको सीप विकास तथा आर्थिक सशक्तीकरणमा जोड दिदै अचार बनाउने तालिम सुरु गरिएको हो । स्थानीय नवदिप पशुपालन महिला कृषक समूहमा आबद्ध सदस्यहरू तथा स्थानीय महिलाहरूको सहभागितामा तालिम सुरु गरिएको हो ।

तालिमको उदेघाटन गर्दै उपमेयर दाहालले स्थानीय कृषि उत्पादनहरु एचित र प्रभावकारी उपयोगबाट तयार गरिने अचारले महिला दिदीबहिनीहरूको आयआर्जनमा महत्वपूर्ण योगदान पु¥याउने बताए । स्थानीय उत्पादनलाई उपयोग गरेर बनाइने अचार स्थानीय वजारमासमेत लगेर व्यवसायिक रूपमा बिक्री गरी आयआर्जनको राम्रो माध्यम बनाउन सकिने उनको भनाई छ ।

सीपमूलक तालिमवाट महिलाहरुलाई आत्मनिर्भर बनाउने महत्वपूर्ण माध्यमका रूपमा यस तालिम रहेको र तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर स्वरोजगारतर्फ अघि बढ्न सहभागीहरूलाई आग्रह गरे । महिलाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने, घरेलु आयआर्जनको अवसर सिर्जना गर्ने, स्थानीय कृषि उपजको उपयोग बढाउनुका साथै घरेलु उद्यमलाई प्रवद्र्धन गर्ने उद्धेश्यले सन्चालित तालिम सात दिनसम्म सन्चालन हुने आयोजकले जनाएको छ । तालिमलाई आवस्यकता अनुसार अन्य स्थानमासमेत गरिने जनाइएको छ ।


सर्वाधिक रुचाइएको