संस्कृत विद्यालयलाई आर्थिक सहयोग
– गुरुकुल व्यवस्थापनमा खर्च गरिने
बिदुर – नुवाकोटको देवीघाटमा रहेको संस्कृत विद्यालयलाई अष्ट्रेलियावाट आर्थिक सहयोग प्राप्त भएको छ । उक्त रकम विद्यालयमा आयोजित कार्यक्रमकावीच हस्तान्तरण गरिएको छ ।

बिदुर नगरपालिका ५ देवीघाटस्थित शहिद जगतप्रकाशजंग शाह संस्कृत माविको शैक्षिक गुणस्तर अभिवृद्धि तथा गुरूकुल व्यवस्थापन सञ्चालनका लागि अष्ट्रेलियाको क्यानबेराबाट जोन एन्थोनी एण्डरसनले नगद दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । स्थानीय शिक्षाप्रेमी वुद्धिलाल डंगोलको पहल, समन्वय र सिफारिसमा एण्डरसनले उक्त सहयोग गरेको विद्यालयका प्रधानाध्यापक मन्जु चित्रकारले जानकारी दिइन् ।














































