गजल
सम्झन्छु
मलाई पर्खी बसेका ती आँखा सम्झन्छु,
मर्छु सोच्छु फेरि त्यो तिम्रो अनुहार सम्झन्छु ।
कहाँ होलान् अचेल के गर्दै होलान् तिनीहरू,
काट्न खोजेथे ज–जसले मेरा खुट्टा सम्झन्छु ।
सधैं अगाडि त राम्रै बनेर आएका थिए,
पिठ्युँमा छुरा रोप्ने त्यो सारा संसार सम्झन्छु ।
म लड्दा यहाँ हाँस्नेहरूको भीड ठूलो थियो,
मलम लगाउने बहानामा दिइएको अचानो सम्झन्छु ।
निभ्न लागेको दियो झैं थियो यो जिन्दगी मेरो,
बचाउन खोज्ने तिम्रो त्यो चोखो प्यार सम्झन्छु ।
–धनगढी, कैलाली ।











































