मास्कको प्रयोग गर्दा कुनै समस्या आउला ?

लोकखबर
३ माघ २०७७, शनिबार ०७:०६

विगतमा खासै मास्क प्रयोग नगर्ने पनि अहिले कोरोनाबाट सुरक्षित रहनका लागि मास्क प्रयोग गर्दछन् । छालामा समस्या भएकाहरुलाई मास्क प्रयोग गर्दा केही समस्या नआउला भन्न सकिन्न । मास्कले कोरोना भाइरस फैलाहट हुनबाट बचाउँछ नै यसका केही साइड इफेक्ट पनि नहोला भन्न सकिन्न । विशेषत : मास्कको प्रयोगले अनुहारमा डण्डिफोर गराउने वा पुरानो डण्डिफोर बढाउने, एलर्जी गराउने, रोजेसिया बढाउने, छाला सुख्खा गराउने र संवेदनशील बनाउने, छाला उप्किने वा चिलाउने हुनसक्छ । मास्कको प्रयोगले आँखा र कानमा समेत एलर्जी गराउन सक्नेछ । यसको अड्याउने डोरीले कानको पछाडि घाउ समेत बनाउन सक्छ । यस्ता समस्या आइपरेमा हामी छाला रोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्दछ ।
मास्कको प्रयोगबाट हामीलाई असर नहोस् भन्नका लागि बेलैमा केही कुराहरुमा ध्यान दिन सकियो भने हामी स्वस्थ्य हुन सक्छौं ।
हामीले अनुहार दैनिक रुपमा धुने गर्नुपर्दछ । नियमित मोइस्चराइजर लगाउने । यदि छाला चिल्लो छ वा डण्डिफोर आउँछ भने जेल मोइश्चराइजर प्रयोग गर्न सकिनेछ ।
मास्क लगाउने मानिसको ओठ ज्यादा सुख्खा र च्यापच्याप टाँसिने हुनसक्छ । ओठमा लिप बाम वा पेट्रोलियम जेली वा भेसलिन लगाउनाले ओठ सुख्खा हुँदैन । यसलाई कम्तीमा ३-४ पटक लगाउने गर्नुपर्छ ।
यदि हामी मास्क लगाउँदै छौं भने हामीलाई श्रृंगार कतिको आवश्यक छ भन्नेमा हामी ध्यान दिनसक्छौं । मास्कको मुनि मेकअपको खासै महत्व हुन्न तर पनि यदि लगाउनै परेको खन्डमा भने नन–कमेडोजेनिक, कम चिल्लो भएका श्रृंगार सामग्री प्रयोग सकिने चिकित्सकहरुको सुझाव छ ।
हामीलाई कति याद हुने गरेको छ, मास्क लगाउँदा छाला अति संवेदनशील बनाउँछ । यस्तो बेलामा नयाँ किसिमको कुनै पनि कस्मेटिक लगाउन सुरु नगरेको उत्तम हो । यस्तो बेलामा बेलामा केमिकल पिलिङ वा अनुहारको अपरेसन नगरेकै राम्रो हुन्छ ।
हामीमध्ये धेरैलाई मास्क लगाउँने कस्तो भन्ने पनि लाग्छ होला । मास्कहरु नरम, आरामदायी, कम्तीमा २ तह भएको, प्राकृतिक, अनुहारमा मिल्ने खालको नकस्सिने हुनुपर्छ । यसले नाक, कान, मुख, आँखा र कपालमा समस्या नगर्ने खालको हुनुपर्दछ । मास्कको डोरी समेत प्राकृतिक चिजले बनेको, नकस्किने र ठिक्कको हुनुपर्छ ।
प्रत्येक चार घण्टामा उचित र सुरक्षित ठाउँ र स्थिति हेरेर, हात धोएपछि मास्क खोल्नु राम्रो हुने चिकित्सको परामर्श छ । मास्क खोल्न सुरक्षित स्थान चाँही कुन हुनसक्छ भन्नेमा हामीले ध्यान दिनुपर्दछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*