छात्रावृृत्तिमा अनियमिता भएको भन्दै अनेरास्ववियुद्वारा क्याम्पस प्रमूखलाई ध्यानाकर्षण पत्र

लोकखबर
७ कार्तिक २०७८, आईतवार १५:३१

मकवानपुर । नेकपा एमाले भातृ संगठन अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीले स्नातक तह चौथो वर्षको छात्रावृत्तिमा क्याम्पसले अनियमिता गरेको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका प्रमूख शंकर उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नियम विपरीत छात्रावृत्तिमा विद्यार्थीको नामावली प्रकाशन भएको भन्दै ध्यानाकर्षण गरेको हो ।

नियम अनुसार २४ घण्टाभित्र छात्रावृत्तिमा विद्यार्थीको नामावली सच्चाउन अल्टिमेटम दिएको बताउनुभयो । यस समयभित्र काम कारबाही अगाडि नबढाए अनेरास्ववियुले कडा कदम चल्नुका साथै संघर्षको समयमा हुने सम्पूर्ण क्षति क्याम्पस प्रशासनले नै जिम्मेवार लिनुपर्ने अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीका संयोजक आशिष रौनियारले बताएका छन्।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*