धार्मिक पर्यटनका लागि २४ कुण्डिय महायज्ञ

युवा पुस्ताको वढ्दो आकर्षण
लोकखबर
२०८२ बैशाख १९, शुक्रबार १७:५१

विदुर–धार्मिक पर्यटनका लागि अधिकांश नुवाकोटवासीहरुको वसोवास रहेको मनमैजु मन्दिरमा पहिलो पटक २४ कुण्डिय महायज्ञ गरिएको छ । यसले धार्मिक पर्यटन आकर्षण, नयाँ पुस्तामा जागरण भएको छ ।

पहिलो पटक आयोजना गरिएको २४ कुण्डीय गायत्री महायज्ञमा नयाँ पिढी अर्थात् युवा पुस्ताको बढ्दो आकर्षण पाइएको आयोजकले जनाएको छ ।  तारकेश्वर नगरपालिका ९ मनमैजु मन्दिरमा नौ  दिनसम्म नेपालको इतिहासमा पहिलो पटक २४ कुण्डीय गायत्री महायज्ञ सम्पन्न गरिएको आयोजका दावी छ ।
देवभूमी कृष्णप्रसाद पनेरु मानव सेवा समाज नेपालको मुल आयोजनामा सम्पन्न भएको महायज्ञमा प्रत्येक दिन युवा, बालबालिका र जेष्ठ नागरिक हवन यज्ञमा सहभागी भएका थिए । यसले धार्मिक पर्यटन, मानवीय सेवा, सामाजिक सद्भाव तथा भाइचाराको सम्वन्ध विकासित र मजवुत गरेको आयोजक समितिका संरक्षक विष्णुप्रसाद पनेरुले बताए ।
महायज्ञ नयाँ वर्ष २०८२ सालको शुभकामनासहित विद्यालयका विद्यार्थी, संघसंस्थाका पदाधिकारी, सदस्य, जेष्ठ नागरिक, युवालाई यज्ञ, संस्कार, ध्यान, जप योगमा सहभागी गराउनु र सम्पूर्ण नेपालीको सुख शान्ति समृद्धिको कामना गर्ने उद्देश्य रहेको मूल समारोहका अध्यक्ष प्राडा केशव खड्का बताउँछन् ।  महायज्ञमा जुनसुकै सुमदायका सर्बसाधारणलाई सहभागी गराउँदा उत्साहित र हौसला बढेको यज्ञका सल्लाहकार, बेदमाता, गायत्री मन्दिर समितिका प्रमुख सल्लाहकार वेदप्रसाद भट्टले बताए ।
अखिल विश्व गायत्री परिवार गायत्री तीर्थधाम शान्तिकुञ्ज हरिद्वारको तत्वावधानमा वा नैतिक सल्लाह सुझावमा, मानवमा देवत्व धर्तीमा स्वर्गको अवतरण हुन्छ र जन्मबाट ब्राह्मण नभई असल कर्मबाट ब्राह्मण जन्मिन्छ, मानवको आत्मा नै देवत्व हो भन्ने भावनामा केन्द्रीत भएर प्रवचन गरिएको आयोजकले जनाएको छ । महायज्ञमा नयाँ पुस्ता, विद्यार्थी, शिक्षक, विद्यालय संचालक, युवालाई ध्यान, जप, योग, यज्ञ (हवन) द्वारा ज्ञान दिने अबका नयाँ पुस्ता सुंसस्कारी  बनुन् भनेर गायत्री महायज्ञबाट विशेष ज्ञान र विद्या प्राप्त भएको र उर्जा जागरण भएको एञ्जल्स् हार्ट स्कुलका फाउण्डर प्रिन्सिपल तथा प्याव्सन काठमाडौँका उपाध्यक्ष धनबहादुर पुन बताउँछन् ।
तारकेश्वर नगरपालिका भित्रका अधिकांश संस्थागत विद्यालय, सामुदायिक विद्यालय र क्याम्पस महायज्ञमा सहभागी भएका थिए ।  नगरपालिकामा सम्पूर्ण विद्यालय, युवा, स्थानीय भक्तजनहरूको व्यापक सहभागी भएकोमा ध्यान, जप, योग, साधना, यज्ञ (ह्वन) आधुनिक वैज्ञानिक रुपमा भएको र मानवमा उर्जा जागरण हुने महायज्ञमा सहभागी प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन बताउंछन् ।
स्थानीय क्षेत्रको सामाजिक संस्था, ज्यापु उत्थान समाज र झि, नेवाः महिला मिसा पुयाः महिला संगठनको सक्रिय भूमिका रहेको र नौ दिनसम्म लगातार गायत्री महायज्ञ विहान र दिउँसो श्रीमद् भागवत कथा प्रवचन भएकोमा भक्तजनहरु निकै सहभागी भएको कार्यक्रम संयोजक इन्द्रमान महर्जन बताउँछन् । २४ कुण्डीय गायत्री महायज्ञमा, छिमेकी नगरका प्रमुखहरू, नेपाल सरकारका उच्च ओहदाका अधिकारी, प्रदेश सांसदहरू, संघीय सांसददेखि वडाध्यक्ष, सदस्य, मजदुर सहभागी भएकोमा उत्साह हौसला बढेको गायत्री महायज्ञका सल्लाहकार वेदप्रसाद भट्ट बताउँछन् ।
गायत्रीमा २४ अक्षर रहेका छन्, प्रत्येक अक्षरमा देवी स्वरुप हुन्छन् र २४ देवी शक्तिको एकै पटक ९ दिन सम्म यज्ञ गरिएको गायत्री चेतना केन्द्रका अध्यक्ष केशव मरहठ्ठा बताउँछन् । युवा शक्ति, राष्ट्रका निर्माता हुन्, युवालाई शिक्षा, विद्या, संस्कार, शुद्ध आहारविहार, जीवन जीउने कला, सानदार मानव जीवन जीउने कलाको ज्ञान दिनु यस कार्यक्रमले मद्धत गरेको योग विद्याका विशेषज्ञ डा. राजु अधिकारी बताउँछन् ।
महायज्ञ तथा भागवतमा, नेपालका गायत्री परिवारका कार्यकर्ताको सहभागिता रहनुका साथै गायत्री परिवार बाँसवारी प्रमुख सावत्री काफ्ले, कार्यकर्ता शोभा केसी, यशोदा दाहाल, विभिन्न जिल्लाका गायत्री कार्यकर्ताहरूको सहभागिता रहेको  आयोजक समितिका संरक्षक विष्णुप्रसाद पनेरु बताउँछन् । महायज्ञमा आकर्षक सन्तबाबा श्यामानन्द ब्रह्मचारी, भूवनेश्वरी मन्दिर तीनपिप्ले, काठमाडौँका मठाधिषमा रहेका सन्त व्यक्तित्वले गायत्री मन्त्र र यज्ञको महत्व र यज्ञ विधि बारे भक्तजन र नयाँ पुस्ताका युवा, बालबालिकालाई प्रवचनबाट उत्साह, हौसला दिएका थिए ।
महायज्ञमा सुमी मानवले भागवत् कथा वाचन, गायत्री परिवारले गायत्री महायज्ञ वाचन गरिएको थियो भने अध्यात्म वैज्ञानिक यज्ञको एक प्रयोग, यज्ञका फाइदा, वैज्ञानिक तत्व र विश्व स्तरीयमा अनुसन्धान भइरहेका विषय चिकित्सा भन्ने विषय  यज्ञ विधिबाट धेरै जानकारी सिक्न पाइने गायत्री महायज्ञका प्रमुख सल्लाहकार वेदप्रसाद भट्ट बताउँछन् । महायज्ञमा डा. केदारनरसिंह केसी, पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान, संघीय सांसद ज्ञानेन्द्र शाही, सांसद शिशिर खनाल, प्रदेश भौतिक निर्माण वा पूर्वाधारमन्त्री अमन मास्केको विशेष सहभागिता रहेको थियो ।
महायज्ञले तारकेश्वर मनमैजु मन्दिरमा, धार्मिक पर्यटन वृद्धि हुन थालेको मुल समारोहका अध्यक्ष प्रा डा केशव खड्का बताउँछन् । महायज्ञमा प्याव्सन तारकेश्वर, प्याव्सन काठमाडौँका पदाधिकारी, सदस्यहरूकोसमेत सहभागिता  रहेको काठमाडौँ प्याब्सनका अध्यक्ष नवराज भट्टले वताए ।
तारकेश्वर प्याव्सनका अध्यक्ष गोपाल बुढाथोकीले संस्थागत विद्यालयका विद्यार्थी शिक्षक, प्रिन्सिपल सहभागी गराई  विद्यार्थीमा शिक्षा र विद्या सन्तुलित रुपमा दिनुपर्ने वताए । गायत्री महायज्ञमा शैक्षिक संस्था सहभागी र उत्साह दिन,  प्याव्सन काठमाडौँका उपाध्यक्ष धनबहादुर पुन सक्रिय रहेको संरक्षक विष्णुप्रसाद पनेरु बताउँछन् ।
यज्ञ र भागवत् कथा व्यवस्थापन, देवभूमी कृष्णप्रसाद पनेरुका मानव सेवा समाजका अध्यक्ष रोशन थापा, सचिव शर्मिला सेनठकुरी, कोषाध्यक्ष सुशीला सेनठकुरी, सदस्य पुष्प गजुरेल, युवा मदन पनेरुलगायत सम्पूर्ण पदाधिकारी सक्रिय भएको आयोजक संस्थाले जनाएको छ । सो महायज्ञ सम्पन्न गर्न स्थानीय युवा कृष्ण महर्जन, दिल महर्जन, सानुदेवी महर्जनलगायत तारकेश्वर क्षेत्रका युवाले सक्रियरुपमा सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको