योग भवनको निर्माण
वडाध्यक्षले गरे उद्घाटन

विदुर-नुवाकोटको विदुरमा योग भवन निर्माण गरिएको छ । विदुर नगरपालिका २ विदुरमा रहेको जीवनयोग प्रयोगशालाको नवनिर्मित योग भवनको उद्घाटन गरिएको हो ।
विदुर नपाको ३ लाख रुपैयाँमा निर्माणा गरिएको भवनको वडाध्यक्ष दीपक कायस्थले उद्घाटन गरेका हुन् । उनले योग भवनले योग गर्नुका साथै अन्य सामाजिक गतिविधि गर्न मद्धत पुगेको वताए ।
स्थानीय धनेश्वर राधाकृष्ण महादेव मन्दिर परिसरमा विशेष योग कार्यक्रमका साथै नवनिर्मित योग ट्रष्ट भवनको उद्घाटन गरिएको हो । कार्यक्रममा जीवन विज्ञान परिषद्का केन्द्रीय संयोजक निर्मला केसीले योगसम्बन्धि प्रशिक्षण दिएकी छन् ।