३८ लाखदेखि दुई करोडसम्म वेरुजु

विदुर–काठमाडौसंग जोडिएको नुवाकोटमा रहेका स्थानीय तहहरुमासमेत वेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिबेदनमा नुवाकोटका स्थानीय तहहरुको ३८ लाखदेख दुई करोरुपैयासम्म वेरुजु रकम रहेको उल्लेछ छ ।
महालेखा परीक्षकको कार्यालयले गत आर्थिक बर्ष २०८०/०८१ को लेखा परीक्षण सम्पन्न महालेखा परीक्षकको ६२ औं बार्षिक प्रतिबेदन अनुसार नुवाकोटमा वेरुजु रहेको विवरणसमेत छ ।
महालेखा परीक्षकको सार्वजनिक बार्षिक प्रतिबेदन अनुसार नुवाकोटका १२ वटा स्थानीय तहहरु मध्ये ३८ लाखदेखि दुई करोड रुपैयासम्मका वेरुजु रहेको विवरण सार्वजनिक भएको छ । जसमध्ये सूर्यगढी गाउँपालिकामा सबै भन्दा बढी र लिखु गाउँपालिकामा सबैभन्दा कम बेरुजु प्रतिवेदनमा देखिएको छ ।
सूर्यगढी गाउँपालिकामा ८८ करोड ४५ हजार रकमको लेखापरीक्षण गरिएकोमा दुईकरोड २१ लाख ८० हजार अर्थात २ दशमलव ५२ प्रतिशत बेरुजु देखिएको छ । लिखु गाउँपालिकामा ९२ करोड ५६ लाख एकहजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा ३८ लाख नौहजार रुपैयाँ अर्थात शुन्य दशमलव ४१ प्रतिशत बेरुजु देखिएको छ ।
बिदुर नगरपालिकामा चारकरोड २२ लाख १६ हजार अर्थात १ दशमलव ७३ प्रतिशत, बेलकोटगढी नगरपालिकामा २ करोड १६ लाख ७३ हजार अर्थात १ दशमलव १३ प्रतिशत, म्यागङ गाउँपालिकामा दुईकरोड १९ लाख ८१ हजार अर्थात २ दशमलव १६ प्रतिशत, तारकेश्वर गाउँपालिकामा १ करोड ४९ लाख ४६ हजार अर्थात १ दशमलव ६९ प्रतिशत र किस्पाङ गाउँपालिकामा १ करोड ५० लाख ४६ हजार अर्थात १ दशमलव ५९ प्रतिशत बेरुजु देखिएको छ । उता, दुप्चेश्वर गाउँपालिकामा १ करोड ९५ लाख ७७ हजार अर्थात १ दशमलव ५५ प्रतिशत, ककनी गाउँपालिकामा २ करोड १६ लाख ७३ हजार अर्थात शुन्य दशमलव ५३ प्रतिशत, शिवपुरी गाउँपालिकामा ६५ लाख ४८ हजार अर्थात शुन्य दशमलव ५० प्रतिशत, तादी गाउँपालिकामा ४८ लाख ६३ हजार अर्थात शुन्य दशमलव ४७ प्रतिशत, पंचकन्या गाउँपालिकामा ४५ लाख आठहजार अर्थात शुन्य दशमलव ४१ प्रतिशत बेरुजु रहेको महालेखाको सार्वजनिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
बेरुजु प्रतिशत गत आर्थिक बर्षमा गरिएको लेखा परीक्षण रकमको आधारमा तय भएको समेत प्रतिबेदनमा उल्लेख गरिएको छ । महालेखाको ६१ औं बार्षिक प्रतिबेदन अनुसार आर्थिक बर्ष २०७९/०८० मा भने बेलकोटगढी नगरपालिकामा सबैभन्दा बढी ४ दशमलव ४६ प्रतिशत र म्यागङ गाउँपालिकामा सबैभन्दा कम शुन्य दशमलव शुन्य ५ प्रतिशत बेरुजु रहेको थियो ।
आर्थिक बर्ष २०७९/०८० मा बिदुर नगरपालिकामा १ दशमलव ९८ प्रतिशत,सूर्यगढी गाउँपालिकामा ३ दशमलव १३ प्रतिशत, ककनी गाउँपालिकामा २ दशमलव ५५ प्रतिशत, किस्पाङ गाउँपालिकामा २ दशमलव ०८ प्रतिशत, तारकेश्वर गाउँपालिकामा १ दशमलव ८३ प्रतिशत, तादी गाउँपालिकामा १ दशमलव ५० प्रतिशत, पंचकन्या गाउँपालिकामा १ दशमलव ३१प्रतिशत, दुप्चेश्वर गाउँपालिकामा १ दशमलव २१ प्रतिशत, शिवपुरी गाउँपालिकामा शुन्य दशमलव ७३ प्रतिशत र लिखु गाउँपालिकामा शुन्य दशमलव ६३ प्रतिशत बेरुजु देखिएको थियो ।
धेरै जसो खर्च हुनु पर्ने शिर्षकमा खर्च नगरि अन्य शिर्षकमा खर्च भएको, विगतको विवरणलाई पालना नगरेका कारण वेरुजु दर वढेको पाइएको उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको गत आर्थिक बर्ष २०८०/०८१ को लेखा परीक्षण सम्पन्न महालेखा परीक्षकको ६२ औं बार्षिक प्रतिबेदनमा उक्त विवरण उल्लेख गरिएको छ ।
उक्त प्रतिबेदनमा दिइएका सुझाव कार्यान्वयन भई सरकार तथा सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र निष्ठा प्रबद्र्धनमार्फत सुशासन कायम गर्न मद्धत पुग्ने महालेखा परिक्षक तोयम रायाको बिश्वास छ । निर्दिष्ट गरिएको शिर्षकमा मात्र रकम खर्च गर्न सुझाव दिइएको छ ।