ककनी निःशुल्क तथा अनिवार्य शिक्षा लागू घोषणा
विदुर–नुवाकोटको ककनी गाँउपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको गाँउपालिका घोषणा गरिएको छ । सो गापा भित्रका ४ वर्ष देखि १३ वर्ष उमेर समूहका सबै बालबालिकाहरु शिक्षाको पहुँचमा रहेको ठहर गरिएको छ ।
ककनी गापालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरिएको गापा घोषणा गरिएको हो । ककनी गापाले समावेशी र गुणस्तरीय शिक्षालाई प्रवद्र्धन गर्न आफ्नो क्षेत्रभित्र अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको औपचारिक रुपमा घोषणा गरिएको छ ।
घोषणा गरिएको उक्त कार्यक्रमले ककनी गापाभित्रका ४ वर्ष देखि १३ वर्ष उमेर समूहका सबै बालबालिकाका लागि शिक्षा पहुँच र अधिकार सुनिश्चित गर्ने लक्ष्य समेत लिएको छ । उक्त घोषणा कार्यक्रममा पुर्वमन्त्रि तथां प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले शिक्षा विना आम मानिसको जीवन अनधकार जस्तै हने वताए ।
उनले शिक्षा कुनै विशेष वर्गको सुविधा नभई सबै नागरिकको अधिकार भएकाले बालबालिकालाई शिक्षाबाट बञ्चित गर्नु नहुने वताए । सरकारले नीति बनायो भने पालिकाले कार्यान्वयन गर्न सक्छ भन्ने उदाहरण ककनीले गाँउपालिकाले देखाएको बताए ।

उनले अगाडि भने “अब हाम्रो चुनौती भनेको नीतिको मात्र घोषणा होइन, त्यसको कार्यान्वयन सुनिश्चित गर्नु हो । पालिकाले दिएको यो प्रतिबद्धता विद्यालय, शिक्षक, अभिभावक र समुदाय सबैको साझा दायित्वबाट मात्र सफल हुन्छ ।”
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले अनिवार्य शिक्षा बिना समानताको कल्पना गर्न नसकिने वताइन् । कानूनी र नीतिगत सुधारसँगै व्यवहारिक कार्यान्वयनमा समेत जोड दिनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय एकाइ नुवाकोटका प्रमुख रामचन्द्र इटनीले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा आउनु शिक्षा क्षेत्रमा महत्वपुर्ण उपलब्धि रहेको बताए । उनले यसको सफलताको लागि विद्यालयको नियमित अनुगमन, शिक्षकको जिम्मेवारी, अभिभावकको सचेतना र स्थानीय सरकारको प्रतिबद्धता एकसाथ हुनु आवश्यक रहेको बताए ।
उनले शिक्षा नीतिमा यस्तो घोषणाले सशक्त रूप दिन्छ । तर, व्यवहारमा प्रभावकारी कार्यान्वयन नै अन्ततः मूल्यांकनको मापदण्ड हुने बताए ।
कार्यक्रममा ककनी गापा अध्यक्ष सुमन तामाङ सज्जनले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको घोषणा पत्र प्रस्तुत गरे । उनले गाउँपालिकाले अबदेखि विद्यालयमा अनिवार्य रुपमा ४ वर्ष देखि १३ वर्ष सम्म उमेरका आर्थिक विपन्न परिवारका बालबालिकालाई भर्ना गर्न, विद्यालय नपुगेका बालबालिकाको खोजी गरी, निःशुल्क पाठ्यपुस्तक, पोशाक र अन्य आवश्यक सामग्री उपलब्ध गराउने तयारी गरिएको बताए ।
कार्यक्रममा ककनीकी उपाध्यक्ष मिठुमाया तामाङले कार्यक्रमलाई पुर्ण रुपमा सपष्mल वनाउन सवै क्षेत्रका वर्गकाृे साथ रहेको वताइन् । जनप्रतिनिधि, वडाध्यक्षहरु, प्रमुख प्रसासकिय अधिकृत खम्वराज राई, शिक्षा अधिकृत पेमादोर्जे थोकरलगायत अन्य कर्मचारीहरु, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, अभिभावक, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।












































