महिनावारीका वेला आरामका लागि वेड

–विद्यालयमा पुगेर हस्तान्तरण
लोकखबर
२०८२ असार १७, मंगलवार २३:०७

विदुर–नुवाकोटको वट्टारस्थित एक विद्यालयलाई अध्ययनरत छात्राहरुको महिनावारी समयमा आरामको लागी वेडलगायतका सामग्रीहरु प्रदान गरिएको छ । यविाट किशोरीहरुलाई सुविधा पुगेको छ ।

लायन वर्ष २०२५/०२६ को पहिलो दिन जुलाई १ तारिखका दिन सोमवार नुवाकोटमा क्रियाशील ६ वटा लायन्स क्लबहरुले विदुर नपा २ वट्टारस्थित भीमसेन माविमा छात्राहरुको महिनावारी समयमा आरामको लागी दुई थान बेड, डसना, सिरानीलगायतका सामग्रीहरु हस्तान्तरण गरेका हुन् । डिस्ट्रिक एम्बेसडर लायन दिनेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा ति सामग्रीहरु हस्तान्तरण गरिएका हुन् ।

ति सामग्रीहरु विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौैडेललाई लायन्स क्लब अफ नुवाकोट क्यापिटल, आदर्श, बाराही, ईन्द्रायणी, सम्पदा र बट्टारको संयुक्त आयोजनामा हस्तान्तरण गरिएका हुन् । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत उक्त विद्यालय सहयोग गरिएको जनाइएको छ ।


सर्वाधिक रुचाइएको