विश्व प्रेस काउन्सिलमा श्रेष्ठ निर्वाचित

–तीन वर्षे कार्यकाल
लोकखबर
२०८२ असार ३२, बुधबार २२:५७

विदुर–विश्व प्रेस काउन्सिलको शिखर सम्मेलनले नयां नेतृत्व चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि नयां नेतृत्व चयन भएको हो ।

अफ्रिकी मुलुक ताञ्जानियामा सन्चालित विश्व प्रेस काउन्सिलको अनर्तराष्ट्रिय सम्मेलनवाट प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् । काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ सर्वसम्मत उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

वरिष्ठ पत्रकार श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुन । सम्मेलनले काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन भएको हो ।
यद्यपी सम्मेलनमा निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो । उपाध्यक्ष श्रेष्ठ (नेपाल) को प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा. तिन तुन ओ, कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा रहेका थिए ।

काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्षमा अली हान्सेर्ली (साइप्रस) निर्वाचित भएका छन् । त्यस्तै, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिव र टर्कीका तामेर अताबारुत कोषाध्यक्ष भए ।
अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबो छानिएका छन् । यहि सोमबारदेखि तान्जानियाको आरुसामा भइरहेको काउन्सिलको विश्व सम्मेलन शुक्रवार समापन हुनेछ ।

सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहेको छ । शिक्षा, बिज्ञान र साँस्कृतिक मामिलाका लागि जिम्मेवार संयुक्त राष्ट्रसंघीय निकाय “युनेस्को“को सह प्रायोजनसहित तान्जानियाको आरुसा शहरमा जारी शिखर सम्मेलनमार्फत प्रेस काउन्सिलहरुको अन्तर्राष्ट्रिय सँगठन बिश्व प्रेस काउन्सिलको नेतृत्वमा उपाध्यक्षको भूमिकासहित कृयाशील रहन साथ समर्थन गर्नुहुने सहभागी २७ राष्ट्रका मिडियाकर्मी मित्रहरूप्रति उपाध्यक्ष किशोर श्रेष्ठले हार्दिक आभार व्यक्त गरेका छन् ।

 


सर्वाधिक रुचाइएको