दुप्चेश्वर पुगे एकैदिन हजारौं भक्तजन
बिदुर–नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रपमा विकसित भइरहेको छ । मन्दिरमा दैनिक हजारौं भक्तजनहरु पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ ।

हिन्दुहरुको आराध्य देव भगवान शिवको विशेष पुजा आराधना गर्ने विशेष महिनाको रुपमा साउन महिनालाई लिने गरिन्छ । यहि साउनको तेश्रो सोमवार नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिरमा हजारौं भक्तजनहरुले पुजापाठ तथा दर्शन गरेका छन् ।

मन्दिरमा आन्तरिक तथा वाह्य भक्तजनहरुकोसमेत आगमन भएको छ । नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा असंख्य भक्तजनहरु आउने क्रमसमेत वढिरहेको स्थानीयवासीको भनाई छ ।

पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायतको पहुंच र सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ ।
आकर्षक पहराको सितल स्थानमा रहेको दुप्चेश्वरमा गाइको दुध तथा पशुचौपायको दाम्लो चढाउनेसमेत गरिन्छ । सो मन्दिरमा काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजता रहेको छ ।

दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा साउनको तेश्रो सोमवार मात्र एकैदिन झण्डै १२ हजार भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् । मन्दिरमा दर्शन गर्नेहरुको लाइन वेलुकीसम्म नै लागेको थियो ।

दुप्चेश्वरमा सोमवार भक्तजनहरुले चढाएको झण्डै चार लाख रुपैया भेटि संकलन भएको छ । भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

यातायात र सुलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो । उक्त स्थानमा पुगन नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ ।

हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । प्रसिद्ध दुप्चेश्वर मन्दिर जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।

दुप्चेश्वरमा सोमवार १२ हजार जनाले मन्दिर पुगेर पुजाआजा गरेका छन् । जसमध्ये ६० प्रतिशत महिला रहेका थिए ।
नौ घण्टासम्म मन्दिर दर्शन गर्नका लागि लाइन वस्नु परेको थियो । दुप्चेश्वरमा छिमेकी मुलुक भचारतवाटसमेत र्तार्थालु आउने गरेका छन् ।

दुप्चेश्वरमा साउनको तेश्रो सोमबार तीनलाख ८३ हजार चारसय १७ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मन्दिरमा सन्ध्या आरतीको दुई लाख १६ हजार दुई सय २० हजार रुपैया भेटी संकलन भएको छ ।

मन्दिरमा राखिएको क्युआर कोडमार्फत ११ हजार दुईसय ४२ रुपैया भेटी ुंकलन भएको छ । दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ ।

श्रेष्ठका अनुसार पछिल्लो दुई वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिती वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार क्रियाशील रहेको बताए । यसैवीच, दुप्चेश्वर महादेव धाममा दर्शन गर्नका लागि आउने श्रद्धालु भक्तजनहरु मध्ये अपांगता भएका तथा ज्येष्ठ नागरिकहरूको लागि सहज र सुरक्षित रुपमा विशेष बैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।

दुप्चेश्वरमा जो जहाँबाट आए पनि दर्शनमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले, नजिकैको भजन मण्डलीमा सम्पर्क गरी वैकल्पिक मार्ग प्रयोगको अनुमति तथा सहजीकरण पाउन सकिने व्यवस्था गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । उक्त व्यवस्थामार्फत सबै वर्ग र अवस्था भएका भक्तजनले दुप्चेश्वर महादेवको दर्शन गर्न सकून् भन्ने उद्धेश्य रहेको कोषाध्यक्ष श्रेष्ठको भनाई छ ।












































