छ्योर्तेन निर्माणका लागि सहयोग

– पर्यटकिय रुपमा विस्तार
लोकखबर
२०८२ भाद्र ४, बुधबार ११:१३

बिदुर–दुप्चेश्वर गाउंपालिका २ मा रहेको बोलगाउ ज्याङछ्युप छ्योर्तेन पर्यटकिय रुपमा विस्तार भइरहेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरु आगमन वढेको छ ।

नुवाकोटकै अग्लो र ठुलो रुपमा निर्माण भइरहेको बोलगाउ ज्याङछ्युप छ्योर्तेनका  लागि स्थानीयवासी  सोनामदोर्जे शेर्पाले आर्थिक सहयोग गरेका छन् । ज्याङछ्युप छ्योर्तेनका लागि शेपाएले ५५ हजार रुपैया नगद उपलव्ध गराएको वडाध्यक्ष वीरवल तामाङले वताए ।
उनकाअनुसार उक्त ज्याङछ्युप छ्योर्तेन निर्माण सम्पन्न गर्न रकम अभाव भएको हुदा सहयोगी दाताहरुलाई आव्हान गरिएको छ ।


सर्वाधिक रुचाइएको