नयां प्रतिभाको खोजीलाई प्राथमिकताः अध्यक्ष डिसी

सन्चार क्षेत्रका साथै नेपाली चलचित्रमा एउटा विशेष सम्वन्ध वोकेको पात्र हो–दिनेश डिसी । चार दशक अगाडिदेखि नेपालको मनोरन्जन क्षेत्रका विशेष प्रतिभाका रुपमा डिसीले आफुलाई उभ्याएका छन् । इलाम स्थायीवासी डिसी जीवनमा केहि गर्ने हुटहुटीका साथ राजधानी काठमाडौं उक्लिए ।
कलाकारिता, निर्देशन, निर्माण र सञ्चारको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि क्रियाशील रहनुका साथै दर्शक र श्रोताका लागि पहिचान वोकेको पात्र डिसी हुन् । काठमाडौंमा सन्चार तथा मनोरन्जनका क्षेत्रमा उनको विशेष पहिचान तथा योगदान रहेको छ ।
सन्चारकर्मी, कार्यक्रम सन्चालक, रंगकर्मी, कलाकार, निर्देशक हुदै उनी एक वर्षदेखि चलचित्र विकास वोर्डको अध्यक्ष छन् । उनको नेतृत्वमा रहेको वोर्डले नेपाली चलचित्र क्षेत्रमा फिल्म निर्माण स्टुडियो सिनेपा निर्माण गरिरहेको छ । चलचित्रको विकास, प्रवद्र्धन र आधुनिकीकरणका लागि विभिन्न कार्य सुरु गरिसकेको छ । आवाज, अभिनय र अन्र्तवस्तुको पहिचानमा विशेष योगदान गरेका अध्यक्ष डिसी बहुमुखी योजना, क्षमता र प्रतिभाका धनीसमेत रहेका छन् ।
आफ्नो कार्यकालमा नेपालको चलचित्र उद्योगमा नयां केहि न केहि गर्ने विशेष उद्धेश्यका साथ क्रियाशील डिसी यतिखेर वोर्डको दैनिक कार्य योजना, सरोकारवाला पक्षसंग अन्र्तक्रिया तथा केहि चलचित्रमा अभिनय गर्ने तयारीमासमेत व्यस्त रहेका छन् । प्रस्तुत छ, लोकखवर डट कमले अध्यक्ष डिसीको व्यस्तताका वावजुद उनीसंग गरिएका सम्वादका सारांश …
आजकल के गर्दै हुनुहुन्छ?
–वोर्डको नियमित काम, वोर्डले प्रस्ताव गरेका विषयहरुमाथि छलफल, अन्र्तक्रिया र चलचित्रलाई नयां र विशेष कसरी वनाउने भन्ने योजनामा छु । केहि चलचित्रमा कयारेक्टरका रुपमा अभिनय गर्ने कुरा र सहमति पनि भएको छ ।
तपाईंको कार्यकालमा वोर्डमा के के काम गर्ने योजना छन?
–हेनुहोस, म केहि गर्नेे विशेष र वृहत योजनासहित वोर्डमा आएको हुं, यो त एक वर्षमै तपाइहरुले केहि न केहि देखिसक्नु भएको छ । मैले मेरो कार्ययोजनाको सुची नै तयार गरेको छु, यो चलचित्रकै पक्षमा छन् ।
जसमध्ये मैले दीर्घकालीन योजनाहरु अगाडि सारेको छु । नयाँ प्रतिभा खोज गर्ने पनि योजनामा छ । नयाँ कलाकार, लेखक, निर्देशकलाई प्रोत्साहन गर्न ‘नयाँ अनुहार’ कार्यक्रम सुरु गर्ने योजना तयार गरेको छु । यसका साथै जिल्लास्तरमा मोबाइल थिएटर परियोजना र प्रादेशिक सिनेमा कम्प्लेक्स निर्माण गरि सिनेमा हल विस्तार गर्ने लक्ष्य रहेको छ ।
पुराना नेपाली, डकुमेन्टरी, वृत्तचित्रको डिजिटलाइजेसन र सुरक्षित रुपमा अभिलेख राख्ने योजना अनुसार कार्य सुरु गरिसकेका छौं र यसले वोर्डको आधुनिकीकरण र डिजिटल आर्काइभिङलाई महत्व दिएको छ । नेपाली चलचित्रको आन्तरिक बजार संरक्षण गरि बजार विस्तार गरि विदेशी फिल्मको संख्यामा सन्तुलन कायम गर्ने योजना रहेको छ ।
नेपाली चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन ‘नेपाल फिल्म म्याप’ सिर्जना गरि अन्तर्राष्ट्रियकरण गर्नुका साथै चलचित्रसम्बन्धी प्राविधिक र सृजनात्मक सीप विकासका लागि फिल्म इन्स्टिच्युट स्थापना गरि चलचित्र शिक्षालाई प्रमुखता दिइने मेरो योजना छ ।
तपाईंवाट नेपाली चलचित्रले के आशा गरेको छ? त्यो पुरा गर्न सक्नुहुन्छ?
–ठिक प्रश्न गर्नुभयो, मेरा सामु चुनौती धेरै छन्, समाधान गर्दै नेपालको चलचित्र क्षेत्रलाई विश्व वजारमा पहिचान दिलाउन सक्ने योजनामा केन्द्रीत छु । मेरो योजना संयोग मात्रै होइन, म यसलाई समयको माग, परिस्थिति र सामूहिक प्रयासका साथ अगाडि वढाउंछु । परिवर्तन कुनै एक व्यक्तिको कारण मात्र सम्भव हुँदैन, यसर्थ मलाई मेरा वोर्डका सदस्यहरुको पनि उत्तिकै साथ चाहिन्छ र रहेको पनि छ ।
अझ सरोकारवाला, सरकार, कलाकार, प्राविधिक र दर्शकको अपेक्षालाई बुझ्दै सामूहिक प्रयासका साथ चलचित्रको हितका लागि केहि न केहि गरेरै देखाउने मेरो प्रण छ । चलचित्र केवल मनोरञ्जनको साधन मात्र होइन, यो हाम्रो संस्कृतिक पहिचान हो, कला हो, सम्पत्ति हो, यसले अर्थतन्त्र चलाउँछ, ल्याउंछ, पर्यटन बढाउँछ र देशको पहिचान पनि बनाउँछ, यसर्थ मैले चलचित्रका क्षेत्रमा केहि काम सुरु गरिसकेको पनि छु ।
वोर्डमा तपाइलाई कसरी विस्वास गरेका छन?
– चलचित्र विकास बोर्डका अध्यक्षका रूपमा आफुले विशेष प्राथमिकता देशको सांस्कृतिक पुनर्जागरणमा अग्रणी भूमिका निर्वाह गरिरहेको छु । चलचित्रलाई केवल मनोरञ्जन होइन, राष्ट्रिय पहिचान, पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको माध्यमका रूपमा हेर्ने मेरो आफ्नो दृष्टिकोण छ ।
नेपालको सिंगो चलचित्र उद्योगमा दीर्घकालीन संरचना विकासको कार्य सुरु भइसकेको छ । पारदर्शिता, समन्वय, र नवप्रवर्तनमा विश्वास राखि विशेष कार्यशैलीका साथ वोर्ड अगाडि वढिरहेको छ । यसले चलचित्र क्षेत्रभित्र सकारात्मक लहर ल्याएको छ ।
अहिले तपाइले वोर्डमा के गरिरहनु भएको छ?
–चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेर आएको एक वर्षमा समग्र चलचित्र उद्योगमा नीति, योजना र सुधारात्मक कार्यक्रममार्फत नयाँ उचाई वढिरहेको छ । चलचित्रका लागि भौतिक संरचना निर्माण, कलाकार प्रोत्साहन कार्यक्रम, चलचित्रका स्क्रिफ्टहरु संकलन, विरामी तथा अशक्त कलाकारका लागि आर्थिक सहयोग, चलचित्रको विकासका पक्षम अन्र्तक्रिया, राय सुझाव स.कलन लिएर अगाडि वढिरहेको छु । मैले बोर्डमा आएपछि चलचित्र क्षेत्रमो सकारात्मक लहर जागरुक गराएको पक्कै हो ।
कार्यक्रम प्रस्तोता, कलाकार तथा नेतृत्वकर्ताको रुपमा कसरी उभ्याउनुभएको छ?
–हो, मलाई सवैभन्दा पहिले नेपाली भाषी श्रोताहरुले आवाजमार्फत चिन्नुभयो, त्यसपछि कलाकारको रुपमा देख्नुभयो, केहि समयपछि हास्य दुनिया अनि निर्देशकका रुपमा पाउनुभयो, यो मेरो कलाकारिताप्रति लगाव र सममान थियो, यसलाई सधैं साथमा राखिरहेको छु ।
पहिलेको पहिचान आवाजको दुनियाँ हुदै चलचित्रको दुनियाँमा फरक अनुभव भयो होला नि ?
–आवाजको दुनियाँ अर्थात् रेडियो, टेलिभिजन र सञ्चारको क्षेत्रमा मैले बिताएका दिनहरू मेरो जीवनको संघर्ष, पहिचान र मेरुदण्ड हुन् । त्यो रोमान्चक यात्राले मलाई जविनका सवै विषय सिकायो, वुझायो, हिडायो । त्यसले अनुशासन, समर्पण र लगावको गहिरो बोध गरायो । त्यसकै जगमा उभिएर म यतिवेला चलचित्र क्षेत्रको नेतृत्व गरिरहेको छु ।
यद्यपि, दुई क्षेत्र छुट्टाछुट्टै देखिए पनि दुवैको उद्देश्य एउटै हो–चलचित्रको विकास र प्रवद्र्धनका लागि जनतासम्म प्रभावकारी सन्देश पु¥याउने र मनोरञ्जनमार्फत सकारात्मक सोच विकास गर्ने । चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा रहदा मैले आफ्नो विगतको मूल्याङ्कन, वर्तमानको गहिरो जिम्मेवारी र भविष्यप्रति सकारात्मक नतिजा ल्याउने योजनाका साथ अगाडि बढिरहेको छु ।
चलचित्र विकास बोर्ड सक्रिय, सकारात्मक र तरंगित भएकै हो त?
–अवस्य पनि वोर्डले देखिने, पहिचान हुने र गर्व गर्न लायक काम सुरु गरेकै हो, ठिक देख्नुभयो । मैले पनि यस परिवर्तनलाई महसुस गरिरहेको छु । तर, म यो श्रेय व्यक्तिगत रूपमा भन्दा पनि सामूहिक कार्य योजनामा रहेको विश्वास गर्छु । बोर्डमा आएपछि मैले पारदर्शिता, सहकार्य, र गति कायम राख्न विशेष ध्यान दिएको अवस्य हो, धेरैलाई थाहा छ ।
सरकार, निजी क्षेत्र, संघसंस्था, कलाकार र प्राविधिकहरू सबैसँग संवाद र समन्वय गर्दै मैले योजनाहरूलाई कार्यान्वयनमा ल्याउने प्रयास गरेको छु । यही निरन्तर प्रयास र समर्पणले पछिल्लो पटक चलचित्र क्षेत्रमा केहि नयाँ तरंग अवस्य ल्याएको हो ।
वोर्डले अध्यक्षमा तपाईंको नियुक्तिले के पायो?
–जुन विश्वासका साथ सरकार र चलचित्र क्षेत्रले मलाई यस महत्वपुर्ण जिम्मेवारी सुम्पिएको हो, त्यसको म सम्मानपूर्वक कदर गर्छु, गरिरहेको छु, गरिरहने छु । मेरो प्राथमिकता सधैं चलचित्रको विकास र प्रवद्र्धनमा केन्द्रीत हुन्छ । जति समय पदमा बस्छु, यस क्षेत्रलाई केहि न केहि गरेरै मात्र जान्छु । कुरा भन्दा पनि काम गरेर परिणाम देखाउन कुरामा म विश्वास गर्छु ।
तपाईंको नेतृत्वमा बोर्डले गरेका कार्यहरू के के छन्?
–अवश्य, म अध्यक्ष भएपछि चलचित्रका क्षेत्रमा नयां उल्लेखनीय कार्यहरू भइरहेका छन् । जसमध्ये विश्वस्तरीय इनडोर र आउटडोर फिल्म स्टुडियो निर्माणका लागि कार्ययोजना तयार गरियो, सिनेपा स्टुडियोको रुपमा काभ्रेको वनेपामा यसको निर्माण भइरहेको छ । यसले लामो समयदेखिको नेपालको चलचित्र स्टुडियोको परियोजनाको सपनालाई मुर्त रुप दिदैछ ।
अर्को, सातवटै प्रदेशमा चलचित्र हब विकास गर्ने खाका तयार गरि चलचित्र हबको अवधारणा अघि सारिएको छ । पारदर्शिताका लागि अनलाइन आवेदन प्रणाली लागू गरि अनलाइन अनुदान प्रक्रिया सुरु गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा नेपाली प्रतिनिधित्व सुनिश्चित गरि अन्तर्राष्ट्रिय सहभागिता वढाइएको छ ।
चलचित्रको स्क्रिप्ट लेखन, सिनेमाटोग्राफी, निर्देशन लगायतका क्षेत्रहरूमा तालिमहरू सञ्चालन गरि सीप विकास गर्नुका साथै दीर्घकालीन चलचित्र नीति निर्माणमा बहस र छलफल सुरु गरि फिल्म नीति ड्राफ्ट प्रक्रिया थालनी गरिएको छ, जुन नेपाली चलचित्र क्षेत्रका लागि निकै महत्वपुर्ण पक्ष हो ।
तपाईंको नजरमा चलचित्र क्षेत्रमा के के विषय नपुगे जस्तो लाग्छ?
–हेर्नुस, चलचित्र केवल मनोरञ्जनको साधन होइन, यो हाम्रो संस्कृतिक अभियान हो । यसले अर्थतन्त्र चलाउँछ, पर्यटन बढाउँछ र देशको पहिचान बनाउँछ । त्यसैले अब हामी सबै मिलेर चलचित्रलाई वास्तविक ‘उद्योग’को रूपमा विकास गर्न हातेमालो गरौं । सवैको साथ, सहयोग र सद्भावले मात्र हामीले नेपाललाई विश्व सिनेमा नक्शामा उभ्याउन सक्छौं ।
नेपाली चलचित्र उद्योगको भविष्य कस्तो छ ?
– राम्रो देख्छु म त, यसलाई सवैको सहकार्यवाट विश्ववजारमा नेपाली चलचित्र उभ्याउन सकियो भने नेपाल सवैले चिन्छन् । नेपाल चलचित्र छायांकनको गन्तव्य वन्न सक्छ । यसले म त एकदमै सकारात्मक छु ।
नयाँ पुस्ताले अन्तर्राष्ट्रिय सोच ल्याएको छ, प्रविधिमा पोख्त छन् । नेपालको मौलिक भेष भुषा, कथाहरू, नयां र आधुनिक प्रविधि नयां लोकेसनहरू, प्रतिभाशाली कलाकारहरू, यी सबैले हामीलाई दक्षिण एशियामा मात्र होइन, विश्वमै अलग पहिचान दिन सक्छन्, यसका लागि सर्त एउटै हो, निरन्तर सुधार र सहकार्य गरि यसलाई अगाडि वढाउनु पर्छ ।
बाहिर रहँदा र कार्यकारी हुंदा वोर्डमा के फरक पाउनुभयो ?
–निश्चय नै तपाइले भने जस्तो केहि फरक अवस्य हुन्छन्, बाहिरबाट हेर्दा धेरै कुरा सजिलो लाग्छन् । तर, जब जिम्मेवारीको फलाम वोकिन्छ, तब थाहा हुन्छ, चुनौतीको भारी कति गह्रौं छन्, प्रणाली कति जटिल छन् । कसरी समाधान गर्ने, प्रक्रिया, अवस्था, परिस्थिति सवै फरक हुन्छन् । यद्यपि, इच्छाशक्ति र स्पष्ट उद्देश्य छ भने बोर्डमा पलाका लागि नभई काम गर्ने धेरै अवसर र सम्भावना छन् ।
तपाईंको नेतृत्वमा चलचित्र सम्बन्धी संघ संस्थासँग बोर्डको सहकार्य कस्तो छ ?
–उद्धेश्य एउटै हो, चलचित्रको विकास, प्रवद्र्धन, कलाकारको सम्मान, संरक्षण र समसामयिक योजना वनाउने, फरक यो सरकार मातहत छ, सरकारका निर्देशन अनि योजना अनुसार चलचित्रको प्रवद्र्धनमा अगाडि वढिरहेकै छौं, सहकार्य गर्दै । मैले सुरु देखिनै सहकार्यलाई प्राथमिकता दिदै आएको पनि छु, हामी अब त्यो सहकार्यलाई थप संस्थागत गर्दैछौं ।
‘फिल्म पोलिसी फोरम’ जस्ता नियमित संवादका थलो तयार गरेका छौं, जहाँ सम्पूर्ण सरोकारवालाबीच नियमित छलफल हुनेछ । बोर्ड कुनै प्रतियोगी होइन, यो सबैको साझेदार हो । यसले चलचित्र र चलचित्रकर्मीकै प्रतिनिधित्व गरेको छ । प्रस्तुतीः देवचन्द्र भट्ट