साख्वाद्वारा गरिएको ऋणमोचनको सम्झना गर्दै नेपाल सम्वत मनाइयो
बिदुर– राष्ट्रिय विभूति शंखधर साःख्वाले गरिब जनताको ऋणमोचन गरेको सम्झना स्वरुप नुवाकोटमा नेपाल सम्वतको अवसरमा वुधवार विविध कार्यक्रम गरिएको छ । साःख्वाले नेपाल सम्वतको सुरुवात गराएका थिए ।

नेपाल सम्वत् ११४६ को अवसरमा नुवाकोटमा भिन्तुना ¥याली (शुभकामना जुलुश) गरिएको छ । नेपाल सम्वत सम्वन्धि विभिन्न संघसंस्थाको आयोजनामा ¥याली सम्पन्न भएको हो ।
मोटरसाइकल ¥यालीले नुवाकोटको सदरमुकाममा रहेका विभिन्न वजार परिक्रमा गरेको थियो । नेपाल सम्वत् ११४६ को आरम्भ भएको अवसरमा नुवाकोट दरवार क्षेत्र, वट्टार, त्रिशूली, बिदुरमा विभिन्न कार्यक्रम गरी मनाईएको हो ।

शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात् गराएका थिए । वट्टार युवा क्लव, वट्टार व्रदर्श ग्रुपको सहकार्यमा बट्टार बजारदेखि सदरमुकाम विदुर, ढुंगे, त्रिशूली हुदैँ कोलोनी वाघटारसम्म मोटरसाईकल ¥याली गरिएको आयोजक वट्टार टोल सुधार संस्थाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको भनाई छ ।

नेपाल सम्वतका अवसर ११४६ को अवसरमा नुवाकोटका विभिन्न स्थानमा मोटरसाइकल ¥यालीका साथै प्रवचनसहित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको अर्का आयोजक वट्टार टोल सुधार संस्थाका सदस्य विराटमानसिंह डंगोलले वताए । नेपाल सम्वतकै अवसरमा भैरवी मन्दिर र नुवाकोट दरबार क्षेत्रमा बाजागाजासहित वजार परिक्रमा गरिएको थियो ।

विशेष गरि नेपाल सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । नेपाल सम्वतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मान्यता पाएको शिक्षाविद्हरुको भनाई छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा समेत कतिपय स्थानमा अझै कायम छ । नेपाल सम्वत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वतका रुपमा चलेको र लिच्छविकालअघि शक सम्वत प्रचलनमा रहनुका साथै नेपाल देशको नामबाट राखिएकाले नेपाल सम्वत् रहेको जनाइएको छ ।

















































