गजल

“डुल्दै डुल्दै निस्क”
निर्झरी
२०८२ कार्तिक ८, शनिबार २०:५१

अलिअलि देखिएर खुल्दै खुल्दै निस्क
कोपिलाको हाँसो जस्तो फुल्दैफुल्दै निस्क

सिर कोल्टे बनाई हेर, लोचन तन्काएर
केशराशि भित्रबाट झुल्दैझुल्दै निस्क

लजाएको मुहार छोपी देखाउन्न भनी
अनौठो यो मोहनीमा भुल्दै भुल्दै निस्क

म नि आउँला केही काम भए जस्तो गरी
तिमी त्यस्तै निहुँ झिकी डुल्दै डुल्दै निस्क  ।

–इलाम, नेपाल ।

 


सर्वाधिक रुचाइएको