नुवाकोटमा पनि मनाइयो तराइमा मनाइदै आएको छठ पर्व

पहाडि समुदायलेसमेत एक दशकदेखि संंगै मनाउंदै
लोकखवर विशेष संवाददाता
२०८२ कार्तिक १०, सोमबार २१:४७

बिदुर– तराइमा मात्र मनाइदै आएको छठ पर्व नुवाकोटमा पनि मनाइएको छ । एक दशकदेखि पहाडि संरचना रहेको नुवाकोटमा नदी पोखरीमासमेत छठ पर्व मनाइदै आएको छ । पहिले तराइका सर्वसाधारणले मात्र मनाउंदै आएको छठ पर्व वितेको डेढ दशकदेखि नुवाकोटका विभिन्न नदी किनारामा तराई समुदायका व्यक्तिहरुले मनाउंदै आएका छन् । २०६५ साल अघि तराईको विभिन्न स्थानमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

तराई मुलका नागरिकहरुले सोमवार त्रिशूलीवजारमा रहेको राममन्दिरसंगै त्रिशूली नदीको किनारामा लहरै जम्मा भई छैंठी माताको पुजाआजा गर्दै छठ मनाइएको राम मन्दिरस्थित प्रसिद्ध त्रिशूली नदी किनारामा छठ पुजामा सहभागी लालवावु गुप्ताले वताए । उनले आफुहरुलाई पहाडमा छठ पर्व मनाउन स्थानीय समुदायमा सहयोग गरेका कारण निकै खुसी लागेको पनि वताए ।

तराईका विभिन्न स्थानमा मुल घर भई नुवाकोटका विपिभन्न स्थानमा पेशा, व्यवसाय तथा अध्ययन गरि वसेकाहरुले नुवाकोटको त्रिशूली नदखी किनारामा रहेको राममन्दिर घाटमा सामूहिक रुपमा छठ पर्व मनाएका हुन् । सांगीतिक वातावरणमा छैठी माताको पुजा आराधनासहित एकैपटक सयौं जनाले सामूहिक छठ मनाएका हुन् ।

कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । छठ मनाउन नदी किनारामा पुगेका उनीहरुलाई पहाडि समुदायका सर्वसाधारणलेसमेत साथ दिएका छन् । तराई र पहाडि समुदायका नागरिकले संयुक्त रुपमा धार्मिक सहिष्णुताको भावनाले छठपुजा मनाएका हुन् । दुई दिनसम्म तराई मुलका नागरिकलाई धार्मिक सहिष्णुताको भावनाले पहाडि समु्दायका सर्वसाधारणले सहयोग पु¥याएका छन् ।

व्रत वसि रातभर जाग्राम वसि मंगलवार विहान उदाउंदो सुर्यलाई अर्घ चढाएपछि तराई समुदायका नागरिकले मनाउंदै आएको छठ पर्व सकिन्छ । नुवाकोटको त्रिशूली नदी किनाराको त्रिशूली, देवीघाट, वेत्रावति तथा तादीको ढिकुरेमासमेत छठ पर्व मनाइएको छ । सामूहिक रुपमा सवै तराइवासी मिलेर त्रिशूलीको रामघाटमा छठपुजा गरिएको विदुर नगरपालिका १ ढुंगेवजारमा वसोवास गर्दै आएका अशोककुमार कलवारको भनाई छ । कलवारले पहाडमै छठ मनाउदा सर्वसाधारण पन खुसी हुने गरेको वताए ।

आफुहरुलाई छठ मनाउन स्थानीय समुदायले साथ दिएको उनको भनाई छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइएको १० वर्षदेखि नुवाकोटमा वस्दै आएकी छठ पुजाकी अगुवा व्रतालु शिला ठाकुरले वताइन् । पहाडमा छठ मनाउंदा आफुहरुलाई जन्मथलो तथा घरमै मनाएको जस्तो अनुभुति भएको उनले वताइन् । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।

नेपालको विशेष रुपले तराई क्षेत्रमा श्रद्धा तथा भक्तिपूर्वक यो पर्व मनाइएको २० वर्षदेखि नुवाकोटमा वसोवास गर्दै आएका छठ पुजामा अर्का सहभागी गणेश ठाकुरले वताए । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकी दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन रहेको पुजामा सहभागी सागर शर्माले जानकारी दिए ।

उनका अनुसार श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरको प्रतिक छठ पर्वमा टाढा टाढा घर जान नसकेककाहरुले नुवाकोटको त्रिशूली नदीमा पुगेर सामूहिक रुपमा छठ पर्व मनाइएको अर्का सहभागी अमरेश कुमारको भनाई छ ।

छठ पर्वको मुख्य दिन विहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छठ पुजामा सहभागी नुवाकोटका अगुवा पुरोहित रामप्रसाद खतिवडाको भनाई छ । पहिले तराई क्षेत्रमा तराई समुदायका नागरिकलाई पुजामा साथ दिन पाउंदा आफुलाई निकै हर्ष लागेको उनको भनाई छ । लहरै भेला भएका पांचसय जनाभन्दा वढिले नदीमा रातभर जाग्राम वसेर छैठीमाताको पुजा आराधना गरेका हुन् ।

कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवतरुपमा सुरु हुने छठ पूजा सप्तमीसम्म चार दिन मनाइने पुजामा सहभागी पंकज शर्माले वताए । विधिवतरुपमा छठ पर्वको अवसरमा नुवाकोटमा सहभागी व्रतालुहरूले गाईको गोबरले लिपपोत गरी चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालुहरू सोमवार व्रत बसेर त्रिशूली नदी किनारामा सामूहिक रुपमा पुजामा सरिक भएकाहरु वताउंछन् ।

व्रतालुहरूले चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि प्रसाद ग्रहण गरेर निर्जल व्रत सुरु गरेका हुन् । व्रतालुहरू नुहाई चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी, तलाउसहितका जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् । घरका सबै सदस्य पनि नुहाई चोखो लुगा लगाएर छठीघाटमा पुग्ने पुजामा सहभागी विकmम वानियाको भनाई छ । छठीघाटमा चोखो माटोले लिपपोत गरेर बनाइएको पूजा स्थल सिर सोता छेउमा बसेर व्रतालुहरूले सांगीतिक रुपमा छठी माता र सुर्य भगवानसंग जोडिएका पारम्परिक गीत गाउँछन् ।

सामूहिक रुपमा छठ पुजामा सहभागीहरुले सोमवार साँझ अस्ताउदै गरेका सूर्य भगवान् र छठी मातालाई व्रतालुहरूले नदी र जलाशयमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको भांडोमा उखु, काँचो केरा, कागती, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछेता, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ (पूजा ) दिइएको हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व नुवाकोटमा पनि सामूहिक रुपमा मनाउन सुरु भएकोमा सवैले धार्मिक सहिष्णुताको नमूना भनेका छन् ।

नुवाकोटका त्रिशूलीलगायत विभिन्न नदीमा छठ पर्व मनाइएको हेर्न सर्वसाधारणको भीड लागेको थियो । राममनिदर नजिकै त्रिशूली नदी किनारामा रहेका सामूहिक छठ पुजास्थल रंगीचैग िरुपमा सिंगारिएको थियो । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । छठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिने पुजामा सहभागी रवि ठाकुर वताउंछन् ।

छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने परम्परा रहेको छ । षष्ठीका दिन रातभर जाग्राम बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

यस वर्ष डेंगुलगायत विविध रोगको महामारीबाट बच्न र सद्भावयुक्त भावनाले छठ पुजा गर्न नुवाकोट प्रशासनले स्वास्थ्य सुरक्षाका साथ व्रत विधि पूरा गर्न आग्रह गरेको छ । नुवाकोट प्रहरीले छठ पुजा गरेको स्थानमा विशेष रुपमा सुरक्षाको प्रवन्ध मिलाएको थियो ।


सर्वाधिक रुचाइएको