आयआर्जनमा सघाउदै इटिएससी

लोकखबर
२१ पुष २०७५, शनिबार १३:५४

शिक्षा, तालिम तथा सामुदायिक सेवा नेपाल (इटिएससी-नेपाल) मकवानपुरको स्थापना २०५५ सालमा भएपनि २०५६ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भई विधिवत रुपमा सक्रिय बनिरहेको छ । समुदायका मानिसहरुको दीर्घकालीन परिर्वतनका लागि उनीहरुबाटै निर्माण गरिएको समुदायमा आधारित कार्यसञ्जालका रुपमा यो संस्था सक्रिय छ । गरिब तथा पिछडिएको समुदायको स्रोतमाथिको आर्थिक, राजनितीक, धार्मिक, साम्प्रदायिक, जातजाति तथा परम्परावादी सोचमा परिवर्तन ल्याउने साझा सरोकारका विषयमा कार्य गर्न इटिएससीले विशेष जोड दिदै आइरहेको छ ।
यो संस्थाले मकवानपुरका विभिन्न गाविसमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यि गाविसहरुमा गाविस स्तरिय सचेतना समूहहरु छन्, यि समूहहरुलाई स्थानीय सचेतनामूलक कार्यहरुका साथै स्थानीय स्तरको विकासका निम्ति योजना निर्माण, व्यवस्थापन र सञ्चालनका लागि क्षमता अभिवृद्घिको काम संस्थाले गरेको पाइएको छ । इटिएससी नेपालले विभिन्न सामुदायिक समूहहरुको नेतृत्व गर्दै आइरहेको छ । यसले समुदायमा विद्यमान विभिन्न किसीमका समस्याहरु सम्बोधन गर्न स्थानीय रुपमा रहेको ज्ञान, शीप, अनुभव तथा अन्य किसीमका स्रोत साधनको पहिचान तथा परिचालनमा जोड दिन्छ र आवश्यकता अनुसार बाह्य स्रोतको खोजी, त्यसको परिचालन गर्ने र समस्याको सम्बोधन गर्ने गर्दछ । समुदायको आधारभूत आवश्यकता परिपूर्ति गर्न र उनीहरुको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन समुदायकै मानिसहरु सङ्गठित र संस्थागत भई आफ्नो परिवर्तनका लागि स्वयम् तत्पर भएको खण्डमा मात्र समुदायमा दिगो विकास सम्भव छ भन्ने मूल्य मान्यतालाई व्यवहारमा उतार्नका लागि यो संस्था अग्रसर भएको पाइन्छ ।
मकवानपुरमा आयआर्जन तथा विभिन्न जागरणमूलक कार्यमा सक्रिय इटिएससी नेपालको हालका कार्यक्रम तथा उपलब्धिका विषयमा संस्थाका प्रमुख एवम् सदस्य सचिव सूर्यप्रकाश राई यसो भन्छन् ः
– अहिले हामी स्वास्थ्य संग सम्बन्धित कार्यक्रम गरिरहेका छौं । सिमापारसम्म एचआइभी एड्स रोकथाम कार्यक्रम सञ्चालनमा छ । यसको लक्षित समुदाय वैदेशिक रोजगारमा गएका श्रीमान्का श्रीमती वा परिवार हुन् । यस्तै, सङ्क्रमितहरु अनि मावि तहका विद्यार्थीहरु पनि यस कार्यक्रमका लक्षित वर्ग हुन् । वैदेशिक रोजगारीमा गएका परिवार कसरी फर्कने, कसरी सुरक्षित रहने, श्रीमान् श्रीमतीका बिचमा सुमधुर सम्बन्ध कसरी बनिरहन सक्छ ? भन्ने जस्ता कुरामा चेतनामुलक अभियान चलाइएकोे छ । यस्तै, विद्यार्थीहरुलाई एचआइभी – – – – एड्सको जोखिमबाट बच्न सकिने उपायका विषयमा सचेत गराउदै आइरहेका छौं । हामीले विद्यार्थीलाई सचेत पार्ने काम गर्यौं भने ति विद्यार्थीले समुदायका अन्य नागरिकलाई पनि सचेत पार्न सहयोगी भूमिका निर्वाह गर्छन । यस्तै, हामीले एचआइभी सम्बन्धि जिज्ञासा बक्स पनि सञ्चालन गरिरहेका छौं । यो कार्यक्रममा विद्यार्थीहरुले आफूलाई मनमा लागेको जिज्ञासा लेखेर बक्समा खसाल्छन् र हामी पछि गएर हेरेर त्यसको उपयुक्त उत्तर लेखेर टाँसीदिने गर्छौ । यसबाट उनीहरुको जिज्ञासा मेटिन्छ ।
हाम्रा कार्यक्रमबाट लाभ लिनेमा बढी महिला हुनुहुन्छ । महिला लक्षित कार्यक्रममा एघार जना महिलाबाट सुरु गरिएको महिला मिलन बचत समूह समूहमा हाल ४२ जना छन् । एघार जनालाई एक-एक हजार रुपिया दिएर हामीले बचत समूह अगाडी बढाउन सहयोगी भूमिका निर्वाह गरेका थियौं । उहाँहरुलाई सकारात्मक सोच बनाउन प्रेरित गर्ने, परिवारका  सदस्यलाई चेतनामूलक जानकारी दिने, सङ्क्रमित भएका छिमेकीलाई जम्मा पारेर चेतनामूलक जानकारी दिने, उनीहरुका घरघरमा पुगेर पनि सकारात्मक कुराहरु सिकाउने काम भएका छन् । सङक्रमित महिलाहरुमा पनि सकारात्मक भावना जागृत भएको छ । उहाँहरु आत्मनिर्भरता तर्फ लागिरहनुभएको छ । व्युटिपार्लर, ठेला, पसल, गाइबाख्रा पालन, चियापसल लगायतका काम गर्दै उहाँहरु आत्मनिर्भरताको बाटोमा लागिरहनुभएको छ । समूहमा आबद्घ भएर आपसमा मेलमिलाप मार्फत काम गर्नमा उहाँहरु अग्रसर हुनुहुन्छ । घुम्ती कोषमा अहिले पाँच–छ लाख रुपिया  जम्मा भइसकेको छ । बचत समूहलाई सहकारीमा विकास गर्ने वा कसरी अघि बढ्ने भन्नेमा उहाँहरु छलफलमा हुनुहुन्छ ।
स्वास्थ्यसंग सम्बन्धित हामीले चलाइरहेको अर्को कार्यक्रम -सामुदायिक स्वास्थ्य प्रथम नामक परियोजना हो । यो कार्यक्रमको उद्घेश्य भनेको मातृ शिशु स्वास्थ्य प्रबद्र्घन गर्नु हो । यो परियोजनाको लक्षित समुदाय गर्भवती महिला, पाँच वर्षसम्मका उमेरका बालबालिकाका आमा, तीनका परिवारका बाबु, तीनका परिवारका किशोरीहरु हुन् । यस्तै, स्थानीय स्वास्थ्य संस्था, स्वास्थ्य संस्थाका व्यवस्थापन समिती पनि हाम्रा लक्षित क्षेत्र हुन् ।
यो परियोजना दोस्रो वर्षमा लाग्यो । हामीले लक्षित समुदायका लागि कार्ययोजना बनाएर अघि बढ्नका लागि सहजीकरण गरिरहेका छौं । स्वास्थ्य सेवा प्रबद्र्घन, नियमित अनि गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नका लागि जिम्मेवार बनाउने खालका चेतनामूलक कार्य हामीले गरेका छौं ।
यस्तै, हामीले गरिरहेको काम मध्ये मानव बेचविखन रोक्ने पनि काम छ । हेटौंडाको मुख्य चोक जहाँ मानिसहरु आवत जावत गर्ने गर्दछन् । त्यहाँ अनुगमन गर्ने कार्यबाट सन् २०१५ मा २५ जनालाई सम्भावित जोखिमबाट बचाउन सफल भएका छौं । एटिएससी नेपालले सञ्चालन गरेको परियोजनाबाट ९० जना महिला जो सर्कस वा बैदेशिक रोजगारबाट फर्कनुभयो, उहाँहरुका लागि कुखुरा पालन, बाख्रापालन र तरकारी खेतीमा हामीले सहयोग ग¥यौं । मकवानपुरको मनहरी, सरिखेत, राक्सिराङ्,हाडीखोला, बसामाडी, पदमपोखरी, भैंसे, चुरियामाई, हटिया, हेटौंडामा हाम्रो परियोजना सञ्चालित छन् ।
संस्थाको सुरुवात देखि नै हामीले बेचविखन सम्बन्धि चेतनामूलक कार्य गरेका थियौं । विपन्न, अशिक्षितहरुलाई चेतना अभिवृद्घि गराँउदै उनीहरुलाई आयआर्जन वृद्घि गराउन सघाउने कार्यक्रम आवश्यक भएको महसुस भयो । त्यसपछि हामीले उनीहरुका लागि आयआर्जनसंग सम्बन्धित सहयोग, संस्था स्थापनाताका सुरुवातमा हामीलाई संस्थागत विकास सञ्जाल ललितपुरबाट सहयोग प्राप्त भएको थियो भने इभाञ्जलीजम् रिसोर्सेजबाट पनि हामीले सहयोग पायौं । कतिपय कामहरु हामीले स्वयम्सेवी रुपमा पनि प्रदान ग¥यौं र अहिले पनि बेचविखन विरुद्घको चेतनामूलक काम स्वयम्सेवी रुपमा गरिरहेका छौं भने हाम्रो अभियानमा फ्रिड द माइन्सले सहयोग गरिरहेको छ ।
हाम्रो आगामी योजना भनेको गरिवीलाई हटाउन आयआर्जनसंग सम्बन्धित कामहरु गर्ने हो । आयआर्जन कमले गरिबी हुन्छ । गरिबीसंग जोडिएको चेतनाको पक्ष छ । विपन्नलाई सक्षम बनाउने खालका कार्यहरु गर्ने योजनामा हामी छौं । व्यक्तिलाई लगानी गराउन सकारात्मक सोचको विकास गर्ने खालका चेतनामूलक काम गर्नु आवश्यक छ । साना साना खुड्किलो पार गराउन सिकाउने, उनीहरुसंग रहेको शीपलाई साँच्चै व्यवहारिक रुपमा परिवर्तन गराउन सिकाउने, कसरी सकिन्छ उनीहरुको जीवन समृद्घ बनाउन आवश्यक कार्यक्रम गर्ने सोचमा हामी रहेका छौं ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*