नवनिर्वाचित सांसद प्रसिद्ध देवीघाटमा
बिदुर – प्रतिनिधि सभाका नवनिर्वाचित नुवाकोट २ का सांसद डा. अचुतम लामिछानेले नुवाकोटको प्रसिद्ध देवीघाट क्षेत्रको अवलोकन गरेका छन् । उनले देवीघाट पुगेर पृथ्वीनारायण शाहको समाधिस्थलमा ढोग गरेका छन् ।

बिदुर नगरपालिका ५ देवीघाटस्थित त्रिशूली र तादी नदीको किनारामा रहेको पृथ्वी समाधिस्थलमा पुगेर सांसद लामिछानेले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पुष्पगुच्छा अर्पण गर्दै समाधिस्थलमा आफ्नो शिर निहुराएर ढोगेका हुन् । उनले प्रसिद्ध जालपादेवी मन्दिर तथा आसपासका संरचनाहरुको विस्तार गरी धार्मिक पर्यटनलाई प्रवद्र्धन गरिनेसमेत वताए ।

सांसद डा. लामिछानले नेपाल एकिकरणका अगुवा, राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति उच्च सम्मान गर्दै उनको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरि आफनो कार्यकालको सुरुवातको सुरुवात भएको वताए । उनले आफ्नो कार्यको सुरुवात गर्ने क्रममा पृथ्वीनारायण शाहको समाधिस्थल रहेको देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकासका लागि पहल गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

सांसद डा. लामिछानेले पृथ्वीनारायण शाहको समाधिस्थल रहेको देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्ने प्रतिबद्दता ब्यक्त गर्नुका साथै जालपादेवी मन्दिरको आवस्यक पुर्वाधार प्रवद्र्धन गरि धार्मिक पर्यटकिय गनतव्य वनाउन योजना अगाडि सारिनेसमेत प्रतिवद्धता जनाएको जालपा क्षेत्र विकास समितिका अध्यक्ष नवीन चित्रकारले वताए ।

















































