माझी समुदायले मनाए लदीपर्व

– सस्कृति संरक्षणको जोड
लोकखवर विशेष संवाददाता
२०८२ फाल्गुन २०, बुधबार ०१:४८

बिदुर – माझी समुदायले आफ्नो महत्वपुर्ण लदी पर्व नुवाकोटको मैरीटारमा मनाएका छन् । संस्कृति संरक्षणमा जोड दिदै मंगलवार उक्त पर्व मनाइएको हो । माझी समुदायको विशेष लदी पर्वको अवसरमा विदुर नगरपालिका–३ त्रिशूली नदीको किरानामा रहेको मैरीटारमा दोश्रो लदी पर्व मनाइएको हो ।

नुवाकोट माझी महिला उत्थान सँस्था र नेपाल माझी उत्थान संघ नुवाकोटको सयुक्त आयोजनामा उक्त पर्वको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे ।मेयर श्रेष्ठले संस्कृति नेपालीहरुको पहिचान भएका कारण यसको संरक्षण र सम्वद्र्धन गरिने वताए । सांस्कृति पर्यटनको माध्यमवाट स्थानीय विकास गरिने उनले वताए ।
त्रिशूली नदी किनारामा ‘दोश्रो लदीपर्व तथा प्रकृति पूजा’ गरिएको हो ।

कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटी, विदुरं ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमाल, सदस्य ईन्द्रप्रसाद अधिकारी, विदुरं १ का वडाध्यक्ष लेनिन रञ्जित, कार्यपालिका सदस्य साबित्री राई, चण्डी आबिका प्रधानाध्यापक अर्जुनप्रसाद अधिकारीलगायत जनप्रतिनिधिहरु, माझी समुदायका अगुवाहरु सहित सरोकारवाला उक्त लदी पर्व मनाउन सहभागिता रहेको थियो ।

माझी समुदायको विशेष पर्वको रुपमा एकता भात्रृत्व सद्भावसँगै धार्मिक मूल्य मान्यता ऋतिरिवाज, संस्कारलाई संरक्षण, सम्वद्र्धन र जगेर्ना गर्ने उद्धेश्यले उक्त कार्यक्रम गरिएको हो । लदी पर्व तथा प्रकृतिको पुजा नदीलाई विशेष साथ जल थल सबैलाई रक्षा होस् सबैको भलो रहोस् कुनै पनि प्राकृतिक बिपत्तिबाट हानी–नोक्सानी नहोस् सवैको कल्याण रहोस् भन्ने कामना र प्रार्थनासहित विद्यिपुर्वक पुजा आराधना गरिने नुवाकोट माझी महिला उत्थान संस्थाकी अध्यक्ष राधिका माझीले वताइन् ।


सर्वाधिक रुचाइएको