स्थानीय तहहरुको कार्यसम्पादन मुल्यांकन

– तादी, ककनी र शिवपुरी अगाडि
लोकखवर विशेष संवाददाता
२०८२ फाल्गुन १, शुक्रबार ००:००

बिदुर– नुवाकोटका स्थानीय तहहरुको कार्य सम्पादन मुल्यांकन गरिएको छ । तीन स्थानीय तह अगाडि देखिएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकन गर्न प्रयोग गरिएका विभिन्न १७ वटा सूचकहरुको दायराभित्र रहेर स्थानीय तहको कार्य सम्पादन मुल्यांकन गरेको हो ।

प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश वा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकहरुको मुल्यांकन गरि अंक सार्वजनिक गरिएको हो । कार्यसम्पादन सूचकहरुमा स्थानीय तहहरुले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वजेट २०८२ असार १० गतेभित्र गाउं तथा नगर सभामा पेश गरे/नगरेको, चालु आवको वजेट आव सुरु हुनुभन्दा अगावै अर्थात् असार मसान्तभित्र पारित गरे/नगरेको, स्थानीय तहहरुले गत आव २०८१/०८२ मा घर जग्गा रजिष्ट्रेशन शुल्क, मनारेनजन तथा विज्ञापन कर, वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनु पर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सन्जित कोषमा जम्मा गरे/नगरेको, स्थानीय तहहरुले प्रक्षेपण गरेको चालु आवको आयव्यय तथ्यांकसहितको विवरण २०८२ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेकालगायत १७ वटा सूचकहरुमा मुल्यांकन गरिएको हो ।

सार्वजनिक कार्य सम्पादन विवरणको नतिजा अनुसार नुवाकोटका तादी, ककनी र शिवपुरी गापा अगाडि देखिएका छन् । कार्यसम्पादनमा १२ मध्ये तादी गाउँपालिका ७३ दशमलव ८२ अंकका साथ अगाडि रहेको छ । ककनी गापा ७२ दशमलव ३१ अंकसहित दोस्रो र शिवपुरी गाउँपालिका ६९ दशमलव २२ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।

पञ्चकन्या गापाले ५७ दशमलव ९५, म्यागङले ५७ दशमलव ८५, किस्पाङले ५७ दशमलव ६३ अंक प्राप्त गरेका छन् । विदुर नगरपालिकाले ६३ दशमलव १४, बेलकोटगढी नपाले ५५ दशमलव ७२ अंक, सुर्यगढी गापाले ५६ दशमवल ७९, लिखु गापाले ५६ दशमलव ५०, दुप्चेश्वरले ४८ दशमलव ६५ र तारकेश्वर गापाले ४५ दशमलव ३३ अंक पाएका छन् । आयोगले विभिन्न १७ वटा सूचकहरूका आधारमा स्थानीय तहको कार्यक्षमता मापन गरेको हो ।

आयोगले प्रापत अंकमाथि चित्त नवुझेमा सम्वन्धित स्थानीय तहले सात दिनभित्र आधार र प्रमाणसहित आयोगमा उजुरी दिन सकिने जनाएको छ । स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङ्कनका लागि आयोगले स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था, बेरुजुको अवस्था, विद्याथीृ भर्ना तथा कक्षा १० को परीक्षा सहभागी विद्यार्थी अनुपात र नतिजा, सुत्र प्रणालीको प्रयोगलगायत १७ वटा सूचहकहरुलाई आधार बनाएको थियो । यसका साथै शिक्षातर्फ विद्यार्थी भर्ना र टिकाउ दर तथा स्वास्थ्यतर्फ गर्भवती जाँच, सुत्केरी अवस्था र पुर्ण खोप पाएका वालवालिकाहरुको अनुपातलगायत मानवीय विकासका सूचकहरूलाई पनि मुख्य प्राथमिकता दिइएको थियो ।


सर्वाधिक रुचाइएको