सन्दर्भ : विश्व वातावरण दिवश

सेनेटरी पार्कमा तीन सय वटा विरुवा रोपियो

लोकखबर
२१ जेष्ठ २०७६, मंगलवार १९:०३

मकवानपुर । मकवानपुरको हेटौंडामा विभिन्न कार्य गरी ४७ औं विश्व वातावरण दिवस मनाउने क्रम जारी छ । दिवसको सप्ताहव्यापी विभिन्न कार्यक्रमको छैंठौं दिन मंगलबार वृक्षारोपण गरिएको छ ।
हेटौंडा उपमहानगर वडा नम्बर १०, सेनेटरी पार्कमा सिमल, अमला लगायतका विभिन्न प्रजातिका विरुवा रोपिएको हो । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा वृक्षरोपण भएको हो ।
‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ आयोजित वृक्षरोपण कार्यमा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाको प्रमुख आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*