बिद्यार्थीहरुलाई शैक्षिक सामग्री
– अध्ययनप्रति उत्साहित
बिदुर – नुवाकोटको दारेगौडा स्थित एक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।

लायन्स कल्ब अफ नुवाकोट बाराहीको आयोजनामा विदुर नगरपालिका १० दारेगौडा स्थित महाकाली आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूको लागि स्टेसनरी वितरण गरिएको हो । विद्यालयमा अध्यनरत २५ जना विद्यार्थीहरूको लागि स्टेसनरी सामग्री वितरण गरिएको हो ।

एक जना विद्यमर्थी भने १ जना विद्यार्थीलाई ३ दर्जन कपी र १ प्याकेट पेन्सिलसमेत हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरिएको हो ।
















































