बाढी पीडितहरुलाई कलाकारको राहत
बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटका हजारौं व्यक्ति घरवारविहीन भएका छन् । हजारौं घरको नामोनिशाना नै छैन् । बाढी पीडितहरुले राहतसंगै उचित र सुरक्षित पुर्नस्थापनाको माग गरेका छन् । वर्षात्को समयमा जिवजन्तुको डरसमेत रहेको र वालवच्चाहरुलाई जोगाउने चुनौती रहेको ढुंगेवजारका बाढी पीडित राजु शाक्यले वताए ।

बाढीले क्षणभरमै वढारेको ढुंगे, त्रिशूली, वेत्रावति, देवीघाटलगायतका वजार उठ्न नसक्ने स्थितिमा रहेका कारण बाढी पीडितहरुलाई सरकारले उचित स्थान पहिचान गरेर सुरक्षित पुर्नवास गराउनु पर्ने अर्का बाढी पीडित राजेन्द्र धमलाले वताए । उनले पुरानो ठाउं नामोनिशाना नै नरहने गरि बाढीले वगर वनायो, त्यो स्थान कसर िहेर्नु? सरकारले हामीलाई कतै सारिदिए हुने–अर्का बाढी पीडित शान्ति लामिछाने गुनासो गर्छिन् ।

बाढी पीडितहरुलाई संघसंस्थाको राहतः
बाढी पीडितहरुलाई विभिन्न संघसंस्थाहरुले राहत वितरण गरिरहेका छन् । अन्य राहत ढिलो भएको जनाउंदै सामुदायिक, व्यवसायिक संघसंस्था तथा कलाकारहरुको टोलीले नुवाकोट र रसुवाका विभिन्न स्थानामा राहत वितरण गरिरहेका छन् । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ सहित टिभी श्रृंखला जुठे र हल्का रमाइलोका कलाकार भोेटेकोशी बाढी प्रभावित नुवाकोटका विभिन्न स्थानमा पुगेर राहतका लागि जुटेको छ ।

उक्त टोलीले शनिवारसम्म नुवाकोटको विभिन्न चार स्थानमा लत्ताकपडा, खाद्यान्न, भाडाकुंडालगायतको राहत सामग्री वितरण गरिसकेको छ । वल्छी ध्रुवे फुटसलकोसमेत सक्रियतामा टोलीले नुवाकोटको एकसय भन्दा धेरै घरपरिवारलाई लत्ताकपडा, खाद्यान्न र शैक्षिक सामग्री बाँढेको हो । कुल पांच लाख रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेले बताए । उक्त टोली पांचौं चरणको राहत वितरणको तयारीमा जुटेको छ ।












































