कफीका यस्ता फाइदा

लोकखबर
१८ पुष २०७६, शुक्रबार ०७:५१

मकवानपुर । हामी मध्ये कतिपयले चिया रुचाउँछौं, कतिपयले कफी । चिया तथा कफी पिउने मानिसको आ–आफ्नै आदत हो । कफीको केही फाइदा छन् सो बारेमा जानकारी राख्दा राम्रो हुन्छ ।

कफीका विषयमा गरिएको एउटा अध्ययनका अनुसार कफीले टाइप टु डायबिटिज, कलेजोसम्बधी रोग, कोलोरेक्टर क्यान्सर, अल्जाइमर र छालाको क्यान्सरको रोकथामका लागि सहयोग गर्दछ ।

अध्ययनका क्रममा कफी पिउने अवस्थामा भने ध्यान दिनुपर्ने देखिएको छ । कफीमा कफिनको मात्रा बढी हुने कारण केही केही अवस्थामा कफी पिउँदा लाभको सट्टा असर गर्नसक्ने देखिएको छ । कफिन बढी हुने भएकाले कफीका कारण मानिसलाई निन्द्रा नलाग्न पनि सक्ने चिकित्सको भनाई छ ।

गर्भावस्थामा महिलाले अत्याधिक मात्रामा कफी पिएमा गर्भपतनको जोखिम रहेको पनि अध्ययनबाट भेटिएको छ । यस्तै, शिशु अपरिपक्व अवस्थामा जन्मने एवं केही समस्याहरु हुनसक्ने जोखिम पनि गर्भावस्थामा कफी धेरै खाँदा हुनसक्ने अध्ययनबाट थाहा लागेको छ ।
दैनिक दुई कप सम्म कफी पिउँदा राम्रै हुने बताइन्छ । तर कफिनको मात्रा धेरै नभएको कफी पिउँदा स्वास्थ्यलाई फाइदा पुग्ने अध्ययनबाट थाहा पाइएको बताइन्छ । बढी मात्रामा कफिन मिर्सिएको कफीका कारण मुटुको धड्कन दर औसतको भन्दा बढी हुने अध्ययनमा पत्ता लागेको छ ।

सही तरिकाबाट कफी पिउने गरिएमा मानिसहरु बाँच्ने समय बढी हुने अध्ययनहरुको निस्कर्ष छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*