कविता : बाकसमा बन्द म

रुविना शर्मा
५ जेष्ठ २०७७, सोमबार १७:४१

कति दिनको पर्खाइमा, आज घर आउँदैछु।
माया तिम्लाइ भनेर , मुटुभरी ल्याउदैछु।।
तिमिलाइ भेटेको, अन्तिम मीठो त्यो पल।
बन्द बाकस देखेर, नआत्तिनु है आमा ।।

सपना तिम्रा बन्धकी, राखी गए लाहुर ।
कति कुरा गर्थ्यो रे ,घरमै आइ साहु त ।।
स्वर्ग जस्तै लाग्थ्यो , मलाइ तिम्रा ती पाउ।
त्यही पाउ पुज्नेलाई ,नछोइदिनु है आमा।।

तिम्रो दुस्ख देख्न म ,कहाँ सक्थे होला र ।
जन्मेपछी मर्नैपर्ने ,बिचित्रको चोला छ ।।
मेरो ठूलो प्रगति, देख्ने तिम्रो सपना ।
पूरा गर्न सकिन , माफ गर्नु है आमा ।।

सरर उडी आकशमा , नेपाल छिर्ने चाहाना ।
उडेकैथे उड्न त , बाकस बन्यो बाहाना ।।
सयौ दिनमा आज त , बल्ल घर आउँदा ।
डाँको छडी थुचुक्क , नबस्नु है आमा ।।

भेट्न आए सबैले , हेर्न मलाइ यसरी ।
कसैले नि सुनेनन् , चिच्याउदै थे बेस्सरी ।।
मलाई राख्दा बाँसमा , भक्कानियौ कसरी ।
हुरुहुरु जल्दा म , नहेर्नु है आमा ।।

तन मात्र मरेको , आत्मा कहाँ मर्छ र ।
तिम्रो मेरो मायाको , प्रमाण दिन पर्छ र।
कहिलेकाहीँ न्यास्रो , लाग्दाखेरी मलाई ।
फोटो अघि बसेर , गफ गर्नु है आमा ।।

सधैं संगै रहन्छु , तिम्रै छाया बनेर ।
गर्छु तिम्रो सुरक्षा , ढाल जस्तै भएर ।।
मेरै लागि भनेर , धुप दियो बाल्नु है।
सधैं संगै रहने , वर माग्नु है आमा ।

सधैं संगै रहन्छु , तिम्रै छाया बनेर ।
गर्छु तिम्रो सुरक्षा , ढाल जस्तै भएर ।।
मेरै लागि भनेर , धुप दियो बाल्नु है।
सधैं संगै रहने , वर माग्नु है आमा ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*