गजल

दिलासा हेर्दैछु
निर्झरी
२०८२ चैत्र १०, मंगलवार २३:४६

कान बुच्चै राखेर ल्हासा हेर्दैछु
म चुपचाप बसेर  तमासा हेर्दैछु

मिलेन कि जिन्दगीको लेखाई
शुद्धता, ब्याकरण, भाषा हेर्दैछु

जीवन हेरें, छ मन, नियाल्नु पर्ने
किन हुन्छ मान्छे निराशा हेर्दैछु

उस्तै मुटु किन कोमल र कठोर
राखेर म एउटा जिज्ञासा हेदै छु

सम्झेर आफन्त सुनाएँ मैले पिडा
त्यसपछि पाएको दिलासा हेर्दैछु ।

–इलाम, कोशी, नेपाल ।


सर्वाधिक रुचाइएको