आफ्नै यी पाउमा भरोसा रहेन
छन् दुई नाउमा भरोसा रहेन
यो मेरो मन अरुलाई सम्झिएर
नुन छर्छ घाउमा भरोसा रहेन
सागरमा छाल , स्वभाविक हो
छ तरङ्ग तलाउमा भरोसा रहेन
दिमागले काम गर्दैन कोहि बेला
दिलको बहकाउमा भरोसा रहेन
उठ्नै नदिइकन लडाउने मलाई
आफ्नै छन् दाउमा भरोसा रहेन ।
–इलाम ।