ट्याटु खोप्दा हुनसक्छ यस्तो खतरा !
तपाईं हामी मध्येले ट्याटु खोपाएका छौं ? ट्याटु खोपाउँन किन मनलाग्छ मानिसलाई ? धेरैको जवाफ आउँनसक्छ– रुची भएकाले ट्याटु खोपाएको । तर यो ट्याटुका विभिन्न खतराहरु पनि रहेका छन् । हामी ट्याटु खोपाउन खोज्ने वा खोपाएर बस्ने तर यसबाट के कस्तो असर गर्ला भन्नेमा ध्यान नदिने पनि गरिरहेका हुन्छौं । ट्याटुलाई रुची भनेर हामीले आफ्नो चाहाना पूरा गर्दा, शौदा पूरा गर्दा क्षणभरलाई आनन्द अथवा सन्तुष्टि त लाग्ला तर त्यसले दीर्घकालमा पुर्याउँने असरकाबारेमा चिन्ता गर्न सकेनौं भने हामी बर्बादीको बाटोमा जानसक्छौं । किनभने हरेक कार्यका सकारात्मक एवं नकरात्मक पाटाहरु हुने गर्दछन् । ट्याटु देखाउँन पाउँदा आफूलाई छुट्टै शान भएको अनुभव गरिएपनि यसका विभिन्न खराब पाटाका बारेमा जानकार राख्नुपर्छ ।
ट्याटु सम्बन्धि एक अध्ययनले् बताए अनुसार ट्याटुका कारण मुटुसम्बन्धि खतरा बढाउन सक्छ । जर्नल अफ अप्लाइड फिजियोलोजीमा प्रकाशित अनुसन्धानले छालामा ट्याटु भएका कारण त्यसमा पसिना नियन्त्रण गर्ने क्षमता घट्ने गर्छ । जसका कारण शरीरको तापक्रम बढ्ने गर्छ । यसले हाइपोथर्मिया र हिट हार्ट अट्याकको खतरा बढाउन सक्छ । अनुसन्धानका अनुसार ट्याटु जति ठूलो हुन्छ त्यति नै खतरनाक हुनसक्छ ।
छालाले पसिनाको मद्दतले शरीरमा तापक्रम नियन्त्रण गर्ने कोसिस गर्छ । यसमा शरीरमा पाइन् एक्क्रिन ग्रन्थीले मद्दत गर्छ । अनुसन्धानमा पाइए अनुसार ट्याटु बनाउने क्रममा छालामा प्रति मिनेट ३ हजार पंचर गर्न आवश्यक छ । यसको असर पसिना नियन्त्रण गर्ने ग्रन्थीमा हुनसक्छ । यस्तै, अर्को अनुसन्धानका अनुसार ट्याटु भएको छालामा सोडियमको मात्रा अत्यधिक पाइन्छ । जसकारण पसिना नियन्त्रण गर्ने ग्रन्थीको काममा बाधा पैदा गर्दछ ।
अब तपाईं यी कुरामा जानकार हुनुभयो भने विचार गर्नुहोस्, – के ट्याटु खोपाउँदा शौख मात्रै पूरा भयो कि आफ्नो शौख पूरा गरिरहँदा विभिन्न असर पनि आइलाग्ने भयो ? आफ्नो शरीर, आफ्नो स्वास्थ्य बेलैमा सचेत बन्नुहोला ।
ट्याटु सम्बन्धि प्रकाशित अनुसन्धान रिर्पोटका आधारमा तयार पारिएको सामग्री