बच्चालाई आमाको दूध कति उमेरसम्म खुवाउने?

लोकखबर
२०७७ कार्तिक २३, आईतवार १३:४२

मकवानपुर । सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६ महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने?

बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर्दैनन्। बेलायतका नेशनल हेल्थ सर्भिस (एनएचएस) ले पनि स्तनपानका लागि कुनै समयसीमा तोकेको छैन। ६ महिनासम्म आमाको मात्र दूध खुवाउने सल्लाह दिइन्छ। त्यसपछि दूधका साथै अन्य खाद्यपदार्थ खुवाउन सकिन्छ।

विशेषज्ञका अनुसार आमाको दूधले बच्चामा कुनै पनि संक्रमण हुन दिँदैंन। जबसम्म बच्चाले आमाको दूध खान्छन्, उनीहरुलाई मोटोपनाको समस्या पनि हुँदैंन। स्तनपान गराउन आमाका लागि पनि फाइदाजनक हुन्छ। स्तन र अण्डाशय क्यान्सरको खतरा हुँदैंन।

एनएचएसले स्तनपान गराउने कुनै सीमा नतोकेपनि विश्व स्वास्थ्य संगठनले दुुई वर्ष या सोभन्दा बढी समयसम्म स्तनपान गराउन सल्लाह दिएको छ। तर, रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थसँग सम्बन्धित डा. म्याक्स डेभी भन्छन्, ‘दुूई वर्षपछि स्तनपान गराउँदा अतिरिक्त पोषण प्राप्त हुनेबारेमा एकदम कममात्र तथ्य प्राप्त भएको छ।’ अर्थात् २ वर्षपछि पनि स्तनपान गराउँदा बच्चालाई खासै फाइदा नहुने बेलायती विशेषज्ञको मत छ।

डा. डेभी भन्छन्, ‘स्तनपान गराउनु व्यक्तिगत विषय हो, यसले आमा र बच्चाको मायाप्रेमलाई मजबूत बनाउन मद्धत गर्छ, यसबाट कुनै नोक्सान हुँदैंन, त्यसैले परिवारलाई जे सही लाग्छ, त्यही गर्न सकिन्छ।’

एक आँकलनअनुसार बेलायतमा ८० प्रतिशत महिलाहरु स्तनपान गराएको केही समयपछि नै छाड्छन्। ६वर्षसम्म आमाको दूध पाउने बच्चाको संख्या एक तिहाई मात्र हुन्छ। सन् २०१६ मा प्रकाशित एक अन्तर्राष्ट्रिय अनुसन्धानअनुुसार बेलायती महिलाहरु सबैभन्दा कम समयसम्म स्तनपान गराउनेमा पर्छन्। महिलाहरु सार्वजनिक स्थानमा स्तनपान गराउन लाज मान्छन्, यसकारण पनि उनीहरु चाँडै नै स्तनपान गराउन छाड्छन्। स्वास्थ्य खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको