आदिवासी जनजाती भेला

विदुर–नेपाल आदिवासी जनजाति महासङ्घ किस्पाङको अधिवेसन सम्पन्न भएको छ । अधिवेशनबाट आइद घलेको अध्यक्षतामा २१ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
उक्त कार्यसमितिमा विद्यानअनुसार चयन भएका चारजना उपाध्यक्षहरुमा क्रमशः जयबहादुर तामाङ, मीनमाया तामाङ, एकराज घले र रजिना तामाङ रहेको छन् । सचिवमा पन्चबहादुर तामाङ, सहसचिवहरुमा क्रमशः प्रेममाया तामाङ, कमला तामाङ, सोनासिं तामाङ, आइत घले र कोषाध्यक्षमा अञ्जना तामाङ चुनिए ।
सदस्यमा मेसी लामा, चोक्ता तामाङ, सिंगामाया तामाङ, लोकबहादुर तामाङ, तुलमाया तामाङ, अनुशा तामाङ, डिलबहादुर तामाङ, सुब्बाबहादुर घले, निरुता तामाङ सर्वसम्मत चयन भएका छन् । विद्यान अनुसार वांकी सदस्य भने कार्यसमितिको बैठकले थप गर्ने जानकारी दिएको छ ।
तदर्थ समितिका संयोजक तथा संस्थापक अध्यक्ष मोतीमाया तामाङको अध्यक्षमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् (नेफिन) नुवाकोट अध्यक्ष तथा नेफिन बागमती प्रदेश सचिवालय समितिका सदस्य भगवान रानामगर, जिल्ला समन्वय समितिका सदस्य धनमाया विक, किस्पाङ गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर शाही, किस्पाङ गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष जयबहादुर तामाङलगायतले आदिवासी जनजातीको हकहितका लागि कार्य गर्ने वताए ।