साहित्यकारको भेला विदुरमा

विदुर–नुवाकोटको विदुरस्थित वट्टारवजारमा महिला साहित्यकारहरुको भेला भएको छ । रचना वाचन तथा साहित्य समारोह गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा बागमती प्रदेशस्तरीय प्रज्ञा नारी काव्य तथा साहित्य समारोह बट्टारवजारमा सम्पन्न भएको हो । कार्यक्रममा सातै प्रदेशमा साहित्यिक चेतना विस्तार गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानको योजना अन्तर्गत बागमती प्रदेशको प्रतिनिधित्वस्वरूप महिला स्रष्टा केन्द्रीत यस वर्षको काव्य समारोह गरिएको नुवाकोट साहित्य प्रतिष्ठानले जनाएको छ ।
नुवाकोट साहित्य प्रतिष्ठान नेपालको सहआयोजना तथा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान नुवाकोटको सहयोगमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यता रहेको थियो । उनले साहित्यको योगदानवाटै समाज सकारात्मक भएको वताए ।
मानवमा सकारात्मक सचेतनाका लागि अधिकांंशलाई साहित्यको रुचि वढेको वताए । कार्यक्रममा लीला लुईटेलले “बागमती प्रदेश नारी कविहरू” विषयक कार्यपत्र प्रस्तुत गरिन् । कार्यक्रममा एकै पटक बागमती प्रदेशका १३ जिल्लाबाट ३० जना महिला कवयित्रीहरूले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साहित्यकार तथा नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठ, संविधानसभा सदस्य राज्यलक्ष्मी पाडेश्रेष्ठ, लेखक संघकी सल्लाहकार सन्ध्या पहाडी, साहित्यकार मणि लोहनी, तुलसीहरी कोइराला, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी लगायतले साहित्य र जीवनको चर्चा गरेका थिए । कार्यक्रमहरूले नारी सृजनशीलता प्रवद्र्धन गर्दै प्रदेशस्तरीय साहित्यिक चेतना विस्तारमा प्रभावशाली योगदान पु¥याउने उद्धेश्य राखेको जनाएको छ ।