मृतकका परिवारलाई वीमा रकम प्रदान

विदुर–जीवन वीमा गरेका नुवाकोटका एक जना मृतकका परिवारजनले वमिा वापतको रकम प्राप्त गरेका छन् । एसियन लाइफ इन्स्योरेन्सद्वारा बिमा दावी भुक्तानी गरेको हो ।
इन्स्योरेन्सको वट्टारस्थित नुवाकोट शाखाले बीमावापतको दावी रकम विदुर नगरपालिका १० भैँसेका ईश्वर श्रेष्ठका परिवारलाई भुक्तानी गरेको हो । शाखा प्रमुख मुकुन्द कोइरालाले मृतककी पत्नी बनिता श्रेष्ठलाई १० लाख ८२ हजार ६ सय ७१ रुपैया दाबी भुक्तानी रकम हस्तान्तरण गरेका हुन् ।
जीवन विमा गरेका ईश्वर श्रेष्ठको गत चैत्र १० गते घाँस काट्न जाने क्रममा भीरबाट लडेर श्रेष्ठको मृत्यु भएको कम्पनीले जनाएको छ । स्व. श्रेष्ठले एसियन लाईफको नुवाकोट शाखाबाट चार वर्षअघि .पाँच लाखको जीवन बीमा योजना खरिद गरी वार्षिक .३७ हजार चार सय ७३ रुपैया जम्मा गर्दै आएका थिए ।
बीमा रकम भुक्तानी दिँदै शाखा प्रमुख कोइरालाले बीमितलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएकोले भुक्तानी गरिएको वताए । बीमा दाबी भुक्तानी प्रक्रिया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रम रहेको र त्यसलाई चिर्नुपर्ने तथा सरल किसिमले समयमा दाबी भुक्तानी हुँदा बीमाप्रति जनविश्वास बढिरहेको उनले वताए ।